Successfully Copied

‘समिट वुमन अफ द इयर–२०२१’

समिट होटल र ओपन स्पेस नेटवर्कले संयुक्त रूपमा ‘समिट वुमन अफ द इयर–२०२१’कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा यो वर्षको ‘समिट वुमन अफ दि इयर–२०२१’ उपाधिट्रिटोफ्रिटटोका दिदीबहिनी अरुणिमा श्रेष्ठ र अरुषा श्रेष्ठलाई प्रदान गरिएको छ ।

समिट होटल र ओपन स्पेस नेटवर्कले संयुक्त रूपमा ‘समिट वुमन अफ द इयर–२०२१’कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा यो वर्षको ‘समिट वुमन अफ दि इयर–२०२१’ उपाधिट्रिटोफ्रिटटोका दिदीबहिनी अरुणिमा श्रेष्ठ र अरुषा श्रेष्ठलाई प्रदान गरिएको छ ।

यो उपाधिको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा व्याप्त सबै अवरोध र यथास्थितिलाई चुनौती दि“दै युवापुस्ताका महिलालाई सिर्जनात्मक विचारका साथ नेतृत्वका लागि प्रेरणा प्रदान गर्नु हो ।

 नबिल बैंकका मुख्य कार्यकारी अधिकृत, होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणा, ‘आइडिया’ लागि नेपाल प्रतिनिधि कोरे ओ हारा तथा गोल्डस्टरका निर्देशक विदुषी राणासहितको निर्णायक मण्डलले ‘ट्रिटोफ्रिटटो’ का दिदीबहिनी अरुणिमा र अरुषालाई ‘समिट वुमन अफ दि इयर–२०२१’ को शीर्ष उपाधिका लागि चयन गरेको हो । देशभरका ६ वटा प्रदेशका १८ सहरबाट १६० जना प्रतिस्पर्धी रहेको उक्त उपाधिको ‘टप फाइभ’ मा ‘ट्वििङकल’की जया राजभण्डारी, ‘लेकलेक’की यशस्वी राई, ‘ट्रिटोफ्रिट्टो’का दिदीबहिनी अरुणिमा र अरुषा, ‘लर्न इन्फिनिटी’की अदिति गोयल तथा ‘प्योर जोय’की विनीता पोख्रेल परेका थिए ।

अरुणिमा र उरुषा श्रेष्ठको कम्पनी ‘ट्रिटोफ्रिटो फुड’को खाद्य उत्पादन प्रक्रिया स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्ने खालको छ । उनीहरूलाई एक लाख बराबरको नगद प्रदान गरिएको छ । आयोजक संस्था ‘ओपन स्पेस नेटवर्क’की फाइजा परविनले महिलालाई आर्थिक अवसरका माध्यमबाट  चौतर्फी सशक्तीकरणका लागि यो कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘यस्ता खाले कार्यक्रमले धेरै युवा–युवतीलाई व्यवसायको दुनिया“मा नेतृत्व लिन प्रेरित गर्छ ।’ नेटवर्कले युवा उद्यमीहरूलाई महोत्सव, बजार, सम्मेलन तथा प्रदर्शनजस्ता विशाल स्तरका प्लेटफर्म सिर्जना गरेर उनीहरूका उत्पादनहरू र सेवाहरूका बारेमा प्रोत्साहित गर्छ । साथै उत्पादक र क्रेताबीचको खाली अन्तर कम गर्न यो संस्था केन्द्रित छ ।

 Image