Successfully Copied

२०७८ साल वैशाख महिनाको राशिफल

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै कामले यात्रा हुनसक्छ । सबैबाट तपाईंको इच्छा एवं आवश्यकता बुझी काम गर्ने प्रयास हुनेछ । सोचेअनुरूप काम सफल हुँदै जानेछन् ।

मेष

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै कामले यात्रा हुनसक्छ । सबैबाट तपाईंको इच्छा एवं आवश्यकता बुझी काम गर्ने प्रयास हुनेछ । सोचेअनुरूप काम सफल हुँदै जानेछन् । रक्तचापका बिरामीहरूले खानपानको ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ सहयोगी हातहरू तर्किन सक्छन्, सकेसम्म आफ्नो कार्य आफै गर्नु राम्रो हुनेछ । केही समय आफ्नो व्यक्तिगत कामका लागि छुट्याउन सके मनमा कुनै तनाव हुनेछैन ।

वृष

स–साना कामका लागि पनि निकै खट्नुपर्नेछ । काममा अलिक धपेडी हुनसक्छ । अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा विचार पुर्‍याउनुपर्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कहिलेकाहीँ जोडीले गरेको कुनै काम चित्त नबुझ्नसक्छ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । आफ्नो मन खुसी हुने काम गर्ने मौका जुर्नेछ । आकस्मिक उपहार मिल्नसक्छ ।

मिथुन

कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हट्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । धार्मिक कार्यमा मन जानेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट फाइदा हुनेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रति राम्रो समझदारी कायम रहनेछ । कसैकसैलाई कुनै सम्मान, पुरस्कार वा अभिनन्दन पाउने मौका मिल्नेछ । सन्तानबाट सुख मिल्नेछ ।     

कर्कट

पारिवारिक सुख मिल्नेछ । योजनानुरूप काममा सफलता मिल्दै जानेछ । कुनै कारणवश रोकिएका कामहरूले पनि गति लिन थाल्नेछन् । माइती–मावलीसित भेटघाट हुने मौका जुर्नेछ । कसै–कसैको विवाह हुने योग छ । दाम्पत्य जीवन सुखमय रहनेछ । सबैबाट भनेजस्तो अपेक्षित सहयोग प्राप्त हुनेछ । आर्थिक लाभ हुनुका साथै व्यापारिक क्षेत्र पनि सुदृढ हुँदै जानेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

सिंह

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । घरमा विभिन्न कुरामा फेरबदल हुनसक्छ । मनमा नयाँ काम गर्ने उमङ्ग पैदा हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्न जाँदा मठ–मन्दिरमा जाने उत्साह बढ्नेछ । कसैको घरमा धार्मिक एवं माङ्गलिक कार्य पनि हुनसक्छ । कसैकसैको लगनगाँठो कसिने सम्भावना छ । कहिलेकाहीँ राम्रो सोची काम गर्दागर्दै पनि अपजश पाइनसक्छ ।

कन्या

मनमा उत्साह बढ्नेछ । अधूरा कामहरू पूरा गर्न मन उत्प्रेरित हुनेछ । पारिवारिक वातावरण सुखमय हुनेछ । कुनै काममा विशेष सफलता मिल्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । घरमा कुनै धार्मिक एवं माङ्गलिक कार्य हुनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । एक–अर्काको मनोभाव बुझी कार्य गर्नसके दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला

कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कहिलेकाहीँ काम गर्दा झर्को लाग्नसक्छ । साथै काममा त्यति मन पनि नजानसक्छ । अनावश्यक तनावले गर्दा काममा बाधा हुने एवं अपजशको सामना पनि गर्नुपर्ने हुनसक्छ । सकेसम्म आफूलाई सकारात्मक एवं क्रियाशील राख्ने प्रयास गर्नुहोला । पेट एवं रक्तचापका बिरामीहरूले खानपान र व्यायाममा सतर्कता अपनाउनुपर्नेछ ।

वृश्चिक

सोचेअनुसार काममा सफलता मिल्दै मिल्नेछ । मनमा भएको तनाव हट्न गई शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्ना प्रियजनसित भेटघाट हुनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको मूर्तरूप लिनसक्छ । कुनै प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रै प्रगति हासिल हुनेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यावसायिक क्षेत्रबाट पनि राम्रो लाभ हुनेछ ।

धनु

आफन्त, इष्टमित्र एवं प्रियजनसित रमाइलो भेटघाट हुनेछ । कसैकसैलाई सन्तान लाभ हुनसक्छ भने कसैको घरमा भाउजू/बुहारीलाई भित्र्याउने मौका मिल्नसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । नयाँ साथीसँग मित्रता गाँस्ने अवसर मिल्नेछ । कहिलेकाहीँ छोराछोरीको कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एक–अर्काप्रति माया र समझदारी भने यथावतै रहनेछ ।

मकर

काम गर्दा धपेडी हुनसक्छ । कार्यतालिका बनाई कामको प्राथमिकतालाई ध्यानमा राखी काम गरे धेरै सजिलो हुन्छ । काम गर्दा अपजस आउनसक्ने भएकाले व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । धेरै समयपछि साथी–संगीसित भेटघाट गर्ने मौका मिल्नसक्छ । कुनै कुराले गर्दा मनमा ऊर्जा थपिनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । व्यावसायिक क्षेत्रबाट आर्थिक लाभ हुनेछ । कुनै कुरा चित्त नबुझेको खण्डमा एक–अर्काको मनोभाव बुझी काम गरेमा दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ

पारिवारिक सुख मिल्नेछ । मनमा भएको तनाव हटी मन चङ्गा हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । शरीरमा फुर्तर्र्र् ीजगाउन कतै घुमघाम हुनसक्छ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कसैकसैलाई सम्मान प्राप्त गर्ने अवसर मिल्नसक्छ ।

मीन

सोचेअनुरूप काममा सफलता पाउन केही बढी खट्नुपर्नेछ । अरूको भरमा पर्दा सोचेजस्तो काम नहुनसक्छ । सकेसम्म आफ्नो काम आफैं गर्नु राम्रो हुनेछ । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामान किन्नुअघि राम्ररी विचार गर्नुपर्नेछ । जहाँ जाँदा पनि आफ्नो सामानको राम्रो ख्याल गर्नुपर्ला । टाउको एवं आँखा दुख्ने समस्या हुनसक्ने भएकाले आँखामा बढी भार पर्ने काम नगर्नुहोला । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ ।

 Image