Successfully Copied

कोको क्याफेको परिकार

माछालाई राम्रोसँग धुने । सुक्खा टाबलले पानी सबै सोस्ने गरी पुछ्ने । मैदा, कर्नफ्लोर, अन्डा, नुन, मरिच राखेर त्यसको ब्याटर बनाउने ।

सन्तोष पुलामी

सेफ, कोको क्याफे

 

मंगोलियन फिस

सामग्री : सिङ्गो माछा–एक (३ सय–४ सय ग्राम)

लसुन–अदुवाको पेस्ट–स्वादअनुसार

ओस्टर सस, हट सस, मरिचको धूलो

एमएसजी, मैदा, कर्नफ्लोर

फाइन चप्ड प्याज, हरियो प्याज आदि

विधि : माछालाई राम्रोसँग धुने । सुक्खा टाबलले पानी सबै सोस्ने गरी पुछ्ने । मैदा, कर्नफ्लोर, अन्डा, नुन, मरिच राखेर त्यसको ब्याटर बनाउने । त्यो ब्याटरमा माछालाई राम्रोसँग मेरिनेट गर्ने । माछा राम्रोसँग डुब्नेगरी प्यानमा तेल हालेर सिमरिङ हिटमा माछा फ्राई गर्ने । प्यानमा तेल हालेर अदुवा–लसुनको पेस्ट अनि चप्ड प्याज राखेर बिस्तारै सते गर्ने । क्रमशः त्यसमा मरिचको धूलो, ओस्टर सस, हट सस, चप्ड हरियो प्याज, एमएसजी राखेर ग्रेभी बनाउने अनि कर्नफ्लोरले बाक्लो बनाउने । उक्त ग्रेभीमा हट सेसम तेल हाल्ने । अब ग्रेभी तयार भयो । यसलाई स्पाइसी राइससँग सर्भ गर्ने । यो स्पाइसी खाना मन पराउनेका लागि अति नै मीठो परिकार हो ।

फ्राइड आइसक्रिम

सामग्रीः आइसक्रिम–२ स्कुप

स्लाइस ब्रेड–एक

अन्डा–एक

मिन्ट चप्ड

सिनमन पाउडर

फ्रेस क्रिम

विधि : ब्रेडको साइडको भाग काट्ने, अन्डा, मिन्ट, सिनामन पाउडर र क्रिमको मिक्स्चर बनाउने, उक्त मिक्स्चरलाई ब्रेडको दुवै साइडमा दल्ने, आइसक्रिमलाई त्यो ब्रेडले पूरै कभर गर्ने र मिडियम हिट तेलमा हल्का ब्राउन हुन्जेल फ्राई गर्ने, उक्त फ्राई गरेको आइसक्रिमलाई चकलेट ससले टप गरेर सर्भ गर्ने ।

चिकन रोलेड र्‍याप्ड विथ बार्बिक्यु हनी ग्लेज्ड सस

सामग्री : चिकन ब्रेस्ट–एक

मिन्स्ड चिकन–१ सय ग्राम

चिकन ससेज–एक

चप्ड सेलेरी–पाँच ग्राम

स्विटकर्न–४०–५० ग्राम

नुन–मरिचको धूलो

विधि : चिकन ब्रेस्टलाई मिट ह्यामरले कुटेर पातलो बनाउने, मिन्स्ड चिकन, स्विटकर्न, सेलेरी, मरिचको धूलो मिक्स गरेर मिक्स्चर बनाउने, ससेज र मिक्स्चरलाई चिकेन ब्रेस्टमा रोल गर्ने अनि सबैभन्दा टपमा बेकनले र्‍याप गर्ने, र्‍याप गरिसकेपछि त्यसलाई क्लिङ फिल्म वा आल्मुनियम फोइलमा र्‍याप गरेर करिब १०–१२ मिनेट उमाल्ने अनि स्लाइस काटेर प्यान वा ग्रिल गर्ने । अब यो सर्भ गर्न तयार भयो । यसलाई बार्बिक्यु हनी ग्ल्जेड सससँग सर्भ गर्ने । यो सस बनाउन अलिक झन्झटिलो हुन्छ । तर पनि बजारमा सजिलैसँग उपलब्ध हुन्छ ।

 Image