Successfully Copied

मिस युनिभर्स भइन् आन्द्रिया मेजा

मिस युनिभर्सको ६९औं संस्करण गत राती सम्पन्न भएको छ । विश्वका ७४ मुलुकका सुन्दरीहरु बीचको उपाधि दौडमा मेक्सिकोकी आन्द्रिया मेजाले मिस युनिभर्स २०२० को ताजलाई आफ्नो शीरमा सजाउन सफल भइन् ।

मिस युनिभर्सको ६९औं संस्करण गत राती सम्पन्न भएको छ । विश्वका ७४ मुलुकका सुन्दरीहरु बीचको उपाधि दौडमा मेक्सिकोकी आन्द्रिया मेजाले मिस युनिभर्स २०२० को ताजलाई आफ्नो शीरमा सजाउन सफल भइन् । आन्द्रियाले टप फाइभ भित्र पर्न सफल ब्राजिल, पेरु, भारत र डोमिनिकन रिपब्लिककी सुन्दरीहरुको प्रतिस्पर्धामा आफूलाई अब्बल प्रस्तुत गर्न सफल भएसँगै ६९ आंै संस्करणको मिस युनिभर्स प्रतियोगिताको विजेता बनेकी हुन् । यस अघि मिस वल्र्ड २०१७ मा सहभागी भएर फस्ट रनर अप सम्मको यात्रा तय गरेकी २६ वर्षिया आन्द्रिया मिस युनिभर्सको ताज जित्ने तेस्रो मेक्सिन सुन्दरी बनेकी छिन् । यस अघि मेक्सिन सुन्दरीले सन् १९९१ र २०१० मा मिस युनिभर्सको ताज पहिरिएका थिए ।

अमेरिकाको फ्लोरिडा राज्यस्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एण्ड क्यासिनोमा संचालन भएको मिस युनिभर्स २०२० को ग्राण्ड फिनालेमा ब्राजिलकी जुलिया गामा फस्ट रनर अप, पेरुकी जानिक मकिता सेकेन्ड रनर अप, भारतकी एड्लिन कास्टेलिनो थर्ड रनर अप तथा डोमिनिकन रिपब्लिककी किम्बर्ली जिमेनिज फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।

मिस युनिभर्स २०२० की ताज विजेता आन्द्रिया मेजा सफ्ट वेयर इन्जिनियर हुन् । पाँच फिट ११ इन्च अग्ली आन्द्रिया मोडल र सर्टिफाइड मेकअप आर्टिष्ट समेत हुन् ।

मिस युनिभर्स २०२० मा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल २०२० को विजेताको रुपमा अशिका शर्माको सहभागिता रहेको थियो । मिस युनिभर्सको ग्राण्ड फिनाले पूर्व अन्तर्राष्ट्रिय प्रतियोगिता संग सम्बन्धीत विभिन्न सोसल मिडिया प्लेटफर्ममा अंशिका उपस्थिति र प्रस्तुतिबारे राम्रै चर्चा भएको थियो । यस अघि मिस युनिभर्समा नेपालको तर्फबाट नगमा श्रेष्ठ, मनिता देवकोटा र प्रदिप्ता अधिकारीले नेपालको प्रतिनिधित्व गरेका थिए । जसमध्ये मनिताले मिस युनिभर्स २०१८ मा टप टेन सम्मको यात्रा तय गरेर इतिहास रच्न सफल भएकी थिइन् ।

 Image