Successfully Copied

शिल्पा पोखरेलको च्वाइस

म सादा खाना मन पराउँछु । मसलादार, चिल्लो खानेकुरा खाँदिन ।

खाना : म सादा खाना मन पराउँछु । मसलादार, चिल्लो खानेकुरा खाँदिन । मेरो प्राथमिकता घरमै बनाएको खाना हुन्छ । बाहिर खाए पनि ग्रिल गरेर खान्छु ।

पहिरन : क्याजुअल वेयरमा जिन्स–टिसर्ट नै बढी लगाउँछु । मलाई वानपिस पनि मनपर्छ । कालो पहिरन मनपर्ने भएकाले यो रंगको पहिरनको कलेक्सन बढी छ ।

मेकअप : म कहिल्यै हेभी मेकअप गर्दिन । मेरो स्किन एकदमै सेन्सेटिभ छ । म डाक्टरको सल्लाहअनुसार मेकअपका सामानहरू प्रयोग गर्छु । बाहिर निस्कदा मोस्चराइजर क्रिम र सनक्रिम लगाउँछु । पार्टीमा जाँदा मात्र मेकअप गर्छु ।

घुम्न : मलाई एकदमै घुम्न मनपर्छ । त्यसैले नयाँ–नयाँ ठाउँहरू घुमिरहन्छु । मलाई बढी मनपर्ने ठाउँ पोखरा हो । पोखराको प्राकृतिक सुन्दरताले मलाई लोभ्याउँछ । फेवातालको छेउमा बस्दा मन आनन्द हुन्छ ।

फुर्सद : फुर्सदमा म चलचित्र एवं सिरिजहरू बढी हेर्छु । र त्यसमा रहेका कमी–कमजोरीहरू केलाउँछु । आफू यही क्षेत्रमा भएकाले फिल्मबारे अनुसन्धान पनि गरिरहेकी हुन्छु ।

 Image