Successfully Copied

अफिस मेकअप

राम्रो मेकअप भए व्यक्तित्व आकर्षक देखिन्छ ।

मेची वादे श्रेष्ठ

संचालिका, बिटिफिक स्लिमिङ एन्ड स्पा

 

सबैलाई स्मार्ट र अरुभन्दा बेग्लै देखिने इच्छा हुन्छ । यसका लागि मेकअप आवश्यक पर्छ । छाला सफा र आकर्षक देखाउन पनि मेकअप गर्नुपर्छ । पछिल्लो समय धेरै कामकाजी महिला छन् । दिनहुँ अफिस जाँदा हल्का मेकअप गरे राम्रो हुन्छ । यसका लागि सुरुमा स्किन सिरम, मोस्चराइजर र सन ब्लक लगाउनुपर्छ । यी तीनवटा बेस बनाइसेकपछि मात्र आफ्नो छालाको प्रकृतिअनुसार ‘फाउन्डेसन’ लगाउनुपर्छ । सुख्खा छाला भए ‘कम्प्याक्ट पाउडर’ लगाउँदा छाला सफा देखिन्छ ।

राम्रो मेकअप भए व्यक्तित्व आकर्षक देखिन्छ । ‘अफिसियल लुक’ का लागि लाइट (न्युड) कलरको ‘आइस्याडो’ लगाउन सकिन्छ । ‘आइब्रो पेन्सिल’ ले ‘हाइलाइट’ गर्नुपर्छ । यसैगरी, हल्का कलरको लिपिस्टिक लगाएमा प्राकृतिक लुक्स देखिन्छ । केशमा अलिकति ठूलो रोलरले आफ्नो ‘लुक्स’ अनुसारको ‘भोल्युम’ दिनुपर्छ । राति घर गएपछि ‘क्लिन्जिङ’ गर्नुपर्छ । यसका लागि कुनै कम्पनीको ‘क्लिन्जर’ प्रयोग गर्न सकिन्छ । साथै चिल्लो छालाका लागि काँचो दूध तथा सुख्खा छालाका लागि तर भएको दूधको प्रयोग गर्न सकिन्छ । त्यसपछि मुख धुनुका साथै फेसवास प्रयोग गरी ‘नाइट क्रिम’ प्रयोग गर्नुपर्छ । आफ्नो बजेटअनुसारको मेकअप प्रयोग गर्नुपर्छ । अहिले बजारमा छालाअनुसारका प्रोडक्ट पाइन्छन् । तैलीय छालाका लागि ‘जेल बेस’ का उत्पादन लगाउनुपर्छ । सुख्खा छालाका लागि सामान्य किसिमका उत्पादन प्रयोग गर्नु उपयुक्त हुन्छ । कुनै पनि सौन्दर्य सामग्री आफ्नो छाला सुहाउँदो लगाउनु आवश्यक हुन्छ ।

मोडल : स्वस्तिका प्रधान, नेपाल नेक्स्ट सुपर मोडल–२०१८

मेकअप : बिटिफिक स्लिमिङ एन्ड स्पा बालुवाटार

मेकअप आर्टिस्ट : रूपा

तस्बिरहरू : महेश प्रधान

 Image