Successfully Copied

वर्षामा स्वास्थ्य र खानपान

वर्षासँगै संक्रामक रोगको जोखिम बढ्छ । त्यसैले खानपानदेखि शारीरिक स्वास्थ्यसम्ममा विशेष ध्यान दिनुपर्छ ।

- वर्षासँगै संक्रामक रोगको जोखिम बढ्छ । त्यसैले खानपानदेखि शारीरिक स्वास्थ्यसम्ममा विशेष ध्यान दिनुपर्छ ।

- वर्षामा खानेकुरा छिटो सड्ने, गल्ने र कुहिने हुन्छ । बासी र सडेगलेका खानेकुरा खानु हुँदैन । यसले पेट खराब गर्छ । ताजा र सुपाच्य खानेकुरा खानुपर्छ । भिटामिन ‘सी’ युक्त खानेकुरा उपयुक्त हुन्छ ।

- सागसब्जी तथा फलफूल सेवन गर्दा पनि ध्यान दिनुपर्छ । चिनीयुक्त फलमा र सागसब्जीमा समेत किटाणु रहने भएकाले राम्ररी सफा गरेर मात्र सेवन गर्नुपर्छ ।

- वर्षामा पिउने पानी पनि दूषित हुने भएकाले राम्ररी उमालेको पानी पिउनुपर्छ ।

- हरियो चटनीको सेवन राम्रो मानिन्छ । पुदिना र धनियाँका पातलाई पिसेर चटनी बनाई सेवन गर्न सकिन्छ । त्यस्तै, अमला र प्याज आदिको सेवन गर्न सकिन्छ ।

- वर्षामा भिटामिन, मिनरल्स तथा रसयुक्त खानेकुरा खानुपर्छ ।

- तातो कफी, चियाले पनि चिसो लाग्नबाट बचाउँछ ।

- भुटेका मकै एवं भटमास आदि यसबेला स्वादिला मात्र नभई स्वस्थकर पनि हुन्छन् ।

- लसुनका टुक्रा राखेर बनाएको तातो सुप स्वास्थ्यमैत्री हुन्छ । यसले चिसो, फ्लु र थकाइबाट बचाउँछ ।

- मौसमी फलफूल पनि पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।

 Image