Successfully Copied

वर्षाको पहिरन

कतै हिँडडुल गर्दा पानीले भिज्ने भएकाले यसबेला सकेसम्म चाँडै सुक्ने पहिरन लगाउनुपर्छ । वाटरप्रुफ ज्याकेट लगाउन सकिन्छ ।

- कतै हिँडडुल गर्दा पानीले भिज्ने भएकाले यसबेला सकेसम्म चाँडै सुक्ने पहिरन लगाउनुपर्छ । वाटरप्रुफ ज्याकेट लगाउन सकिन्छ ।

- कटन फेब्रिक सबैभन्दा उपयोगी हुन्छ । किनभने यो स्किन फ्रेन्डली हो । निटेड टि–सर्ट, टप्स, कुर्ती राम्रो हुन्छ ।

- वर्षामा छालाको जुत्ता, स्यान्डिल त्यति उपयोगी हुँदैन । त्यसको विकल्पमा रबर वा प्लास्टिकका स्टाइलिस चप्पल, जुत्ता, स्यान्डिल प्रयोग गर्नुपर्छ ।

- यो मौसममा फिटिङ्स पहिरनको साटो लुज पहिरन लगाउनुपर्छ । पानीमा भिज्दा पनि भद्दा नदेखिने पहिरनको छनोट गर्नुपर्छ । सुक्नका लागि लामो समय लाग्ने पहिरन छनोट गर्नु हुँदैन । वर्षामा प्रिन्टेड पहिरन सुहाउँछ ।

वर्षामा जुत्ता–चप्पलको छनोट

- झरीमा जुत्ता जोगाउन सकिएन भने छिट्टै फाट्ने, गन्हाउने समस्या हुन्छ । त्यसैले यसबेला जुत्ताको विशेष ख्याल राख्नुपर्छ ।

- झरीमा प्लास्टिकको जुत्ता बढी उपयोगी हुन्छ । यसमा पानी नसोस्ने भएकाले खुट्टा सुरक्षित रहन्छ ।

- प्लास्टिकका जुत्ता प्रयोग गरिएको छ भने घर पुगेपछि सफा गरेर सुकाउनुपर्छ । नभए यो दुर्गन्धित हुन्छ ।

- कपडा वा छालाको जुत्ता भिज्यो भने घर पुग्नासाथ लेस निकालेर राम्ररी सुक्ने गरी घोप्टो पारेर राख्नुपर्छ ।

- छालाको जुत्ता लगाउनुपरे वाक्स पोलिस गर्नुपर्छ ।

 Image