Successfully Copied

शाकाहारी परिकार

सोयाबिनलाई राम्रोसँग पखालेर तातोपानीमा भिजाउने । सोयाबिन भिजिसकेपछि स–साना टुक्रा पार्ने वा मिक्स्चरमा पिस्न पनि सकिन्छ ।

कोफ्ता

सामग्री : २०० ग्राम सोयाबिन, लसुनको पेस्ट, बेसन, खुर्सानीको धूलो, तेल,

नुन र अजिनोमोटो स्वादअनुसार ।

विधि : सोयाबिनलाई राम्रोसँग पखालेर तातोपानीमा भिजाउने । सोयाबिन भिजिसकेपछि स–साना टुक्रा पार्ने वा मिक्स्चरमा पिस्न पनि सकिन्छ । त्यसपछि नुन, अजिनो, खुर्सानीको धूलो, लसुनको पेस्ट, बेसन हालेर मोल्ने, धेरै सुख्खा थोरै–थोरै पानी हालेर मोल्न सकिन्छ । दुवै हातको सहायताले कोक्ताको सेप दिने, अब कराहीमा तेल तताएर फ्राई गर्ने । यसलाई खानासँग वा स्न्याक्सका रूपमा अचारसँग खान सकिन्छ । साथै प्याज, गोलभेंडा, मरमसला हालेर कोक्ताको ग्रेभी बनाएर पनि खान सकिन्छ ।

भेजिटेबल फिस

सामग्री : कर्कलाको पात, रातो दाल (मुसुरोको दाल), लसुनको पेस्ट, खुर्सानीको धूलो, तेल, नुन र अजिनोमोटो आवश्यकतानुसार ।

विधि : पहिले कर्कलाको पात सफासँग पखाल्ने । एउटा कचौरामा रातो दाल भिजाइराख्ने । दाल भिजिसकेपछि मिक्स्चरमा पिस्ने । त्यसमा नुन, अजिनो मोटो लसुनको पेस्ट, खुर्सानीको धूलो हालेर मोल्ने । त्यसपछि कर्कलाको पात फिँजाएर त्यसमाथि पातलो गरी अघि तयार पारेको पेस्ट लगाउने । त्यसपछि रोल गर्ने । अब मःमः पकाउने भाँडामा पाँच मिनेटजति स्टिम गर्ने । त्यसपछि सेलाउन दिएर स–साना आकारमा काट्ने । कराहीमा तेल तताएर हल्का खैरो रंगको हुन्जेलसम्म फ्राई गर्ने । यो परिकार खानासँग वा स्न्याक्सका रूपमा अचारसँग खान सकिन्छ ।

 

दुङदुङे पकौडा

सामग्री : दुङदुङे, प्याज, लसुनको पेस्ट, बेसन, खुर्सानीको धूलो, तेल, नुन र अजिनो स्वादअनुसार ।

विधि : सबै तयार पारेको सामग्री राखेर मोल्ने र तेलमा फ्राई गर्ने ।

 Image