Successfully Copied

सरोज अधिकारी, मोडल

मेरो रुचि भिडियो बनाउनेमा पनि छ । फुर्सदमा म भिडियो बनाउँछु ।

मोडलिङमा कसरी प्रवेश गर्नुभयो ?

डान्स गर्दागर्दै मोडलिङमा प्रवेश गरेको हुँ ।

पहिले कुन गीतमा मोडलिङ गर्नुभयो ?

‘पानी पर्‍यो, असिना झर्‍यो’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेको हुँ ।

कुन गीतले तपाईंलाई दर्शकमाझ चिनायो ?

यही गीतबाटै म दर्शकमाझ चिनिएँ ।

मोडलिङबाहेक अन्य केमा रुचि छ ?

मेरो रुचि भिडियो बनाउनेमा पनि छ । फुर्सदमा म भिडियो बनाउँछु ।

घुम्न कत्तिको रुचि छ ?

अलि–अलि ।

मनपर्ने स्थान ?

पोखरा एकदमै मनपर्छ । त्यहाँको प्राकृतिक सौन्दर्यले मनै लोभ्याउँछ ।

 Image