Successfully Copied

महिनावारीको समयमा रगत कम जान्छ ?

महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जुन हरेक महिलाको २१ देखि ३५ दिनको बीचमा हुन्छ । महिलाहरूको हार्मोनअनुसार यो प्रक्रिया ४ देखि ६ दिनसम्म रहन्छ । यद्यपि महिनावारी समय र परिस्थितिअनुसार फेरबदल भइरहन्छ । जस्तो कि, शरीर कमजोर हुनु, तनावमा रहनु, एनेमियाजस्ता समस्याबाट ग्रसित

महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जुन हरेक महिलाको २१ देखि ३५ दिनको बीचमा हुन्छ । महिलाहरूको हार्मोनअनुसार यो प्रक्रिया ४ देखि ६ दिनसम्म रहन्छ । यद्यपि महिनावारी समय र परिस्थितिअनुसार फेरबदल भइरहन्छ । जस्तो कि, शरीर कमजोर हुनु, तनावमा रहनु, एनेमियाजस्ता समस्याबाट ग्रसित हुनु । यिनै कारणले गर्दा कुनै महिना सामान्य रहन्छ भने कुनै महिना राम्रोसँग रगत जाँदैन ।

के कारणले हुनसक्छ ?

यसका कारण धेरै हुन सक्छन् । राम्रोसँग रगत नजानुको मुख्य कारण खराब जीवन शैली हो । जसकारणले महिलाहरूको महिनावारीको नियमित प्रक्रिया नै प्रभावित हुन जान्छ । त्यसमध्ये केही यहाँ प्रस्तुत गरिएको छ ।

सही खानपान

महिलाहरूको महिनावारी ठीकसँग नहुनुमा खानपानको असर अधिक पर्छ । सही तरिकाको भोजन नगर्नाले कमजोरी हुन्छ, जसकारण तौल घट्न थाल्छ र महिनावारी नियमित गराउने हार्मोन असन्तुलित हुन पुग्छ । त्यसले गर्दा राम्रोसँग रगत बग्दैन ।

पर्याप्त निद्रा

हरेक दिन कम्तीमा ८ देखि १० घण्टासम्म निदाउनुपर्छ । पर्याप्त निद्रा लिँदा शरीरले ‘कार्टिसोल’ हार्मोनको उत्पादन बढाउँछ । यो एक स्ट्रेस हार्मोन हो, जसले महिनावारीमा प्रभावित पार्छ ।

तनाव लिनु

धेरै तनाव लिँदा मस्तिष्कमा गहिरो असर पार्छ । जसकारण नियमित महिनावारी गराउने हार्मोनलाई प्रभाव पार्छ र महिनावारी राम्रोसँग हुँदैन । जब तनाव कम हुन्छ, महिनावारी फेरि सामान्य हुन्छ ।

हार्मोनको असन्तुलन

शरीरमा हार्मोनको असन्तुलन हुनाले महिनावारीमा गडबडी देखिन थाल्छ । महिलाको शरीरमा एस्ट्रोजन र प्रोजेस्टोरोन नामक हार्मोन मिलेर महिनावारी नियमित गराउन मद्दत गर्छ । तर कुनै एक हार्मोन कम वा बढी भएमा महिनावारी राम्रोसँग हुँदैन ।

गर्भनिरोधक चक्कीको प्रयोग

यस्ता गर्भनिरोधक चक्कीहरूको प्रयोग गर्नाले पनि महिनावारी भएको समयमा राम्रोसँग रगत जाँदैन । यस्ता चक्कीहरूले ओभरीमा पर्याप्त अण्ड बन्न दिँदैन । जसकारण महिनावारीको समयमा हल्का रगत जान्छ ।

कस्ता लक्षण देखिन्छन् ?

  • महिनावारीको समयमा कम रगत जानु नै यसको मुख्य लक्षण हो ।
  • कम रगत जानु भनेको दुई दिनभन्दा कम ब्लिडिङ हुनु ।
  • हल्का र कम कम रगत जानु ।
  • पहिलो र दोस्रो दिन सामान्य रगत जानु र त्यसपछि पूरै बन्द हुनु ।
  • महिनावारी ढिलो हुनु ।

अब के गर्ने त ?

यदि तपाईं यही समस्याबाट गुज्रिरहनुभएको छ भने केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

गाजरको जुस

यस्तो समस्यामा गाजरको जुस फाइदाजनक मानिन्छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । त्यस्तै, गाजर भिटामिन ‘ए’ को राम्रो स्रोत हो । दैनिक गाजरको सेवन गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मेवा

दैनिक दुई सय ग्राम मेवाको सेवन गरेमा धेरै फाइदा गर्छ । मेवाले पाठेघरको मुख संकुचित गर्नमा मद्दत गर्छ र रक्त सञ्चारको प्रवाह राम्रो बनाउँछ । जसले गर्दा महिनावारी नियमित हुन्छ ।

ओमेगा ‘३’ फ्याटी एसिड

हरेक प्रकारको महिनावारीको समस्यामा ओमेगा ‘३’ लाभदायक मानिन्छ । त्यसका लागि दैनिक ओमेगा ‘३’ को सेवन गर्नुपर्छ । यसले शरीरमा हार्मोनको उत्पादनमा महत्वपूर्ण भूमिका निभाउँछ । आलस, माछा, ओखर आदि ओमेगा ‘३’ का स्रोत हुन् ।

 Image