Successfully Copied

पुर्ख्यौली पेसा फैलाउँदै

दुई वर्षयता दिदीभाइ आफ्नो पुर्ख्यौली पेसा जगेर्नामा कम्मर कसेका छन् ।

ग्राहकलाई थरीथरी डिजाइनका भाँडा देखाउनु च्यामासिंहकी २६ वर्षीया एलिना प्रजापतिको हिजोआज दैनिकी नै बनेको छ । उनलाई भाइ विशालको पनि साथ छ । दुई वर्षयता दिदीभाइ आफ्नो पुर्ख्यौली पेसा जगेर्नामा कम्मर कसेका छन् । ‘दुई वर्षअघि म र मेरो भाइले व्यवसाय बिस्तार गर्ने योजना बनाएर लागेका हौं’ एलिनाले भनिन् ।

त्यसअघि उनीहरू दुवै पढाइ र जागिरमा व्यस्त थिए । माटाका भाँडा बनाउने क्षेत्रमै केही गर्नुपर्छ भन्ने नलागेको होइन । तर पढाइभन्दा बिल्कुल फरक व्यवसाय भएकाले हिम्मत गरिहाल्न कठिन भइरहेको थियो । फेरि दिदीभाइले यो उद्योग व्यावसायिक रूपमा राम्रोसँग चलेको देखेका थिएनन् । त्यसैले यसमा जम्नुअघि उनीहरूले बजार बुझे । अनि थाहा भयो, ‘पोटरी’ कामको सम्भावना राम्रो छ । ‘त्यसपछि मात्रै पुरानो पेसालाई निरन्तरता दिऊँ भन्ने सोच आएको हो,’ एलिनाले भनिन्, ‘अहिले कम्पनी र यो क्षेत्र दुवैलाई अगाडि बढाउने चाहना छ । परम्परागत सीपलाई नयाँ तरिकाबाट प्रबर्द्धन गर्ने प्रयास गरिरहेका छौं ।’

 Image