Successfully Copied

कर्कलो (गाभा) को तरकारी

सामग्री ः हल्का कलिलो खालको कर्कलो (गाभा) आधा किलो,सानो खालको रातो आलु–१५० ग्राम, भिजेको खैरो नेपाली चना–१ सय ग्राम,तोरीको तेल–२५ मिलिलिटर, ज्वानो–आधा चिया चम्चा, प्याज–६० ग्राम, अदुवा–लसुन थिचेको–२५ ग्राम, जिराको धूलो–एक चिया चम्चा, धनियाँको धूलो–डेढ चिया चम्चा, हरियो खुर्सानी–४ पिस, मिक्स गरम मसलाको

आरबी बुढाथोकी, सुस सेफ

सामग्री ः हल्का कलिलो खालको कर्कलो (गाभा) आधा किलो,सानो खालको रातो आलु–१५० ग्राम, भिजेको खैरो नेपाली चना–१ सय ग्राम,तोरीको तेल–२५ मिलिलिटर, ज्वानो–आधा चिया चम्चा, प्याज–६० ग्राम, अदुवा–लसुन थिचेको–२५ ग्राम, जिराको धूलो–एक चिया चम्चा, धनियाँको धूलो–डेढ चिया चम्चा, हरियो खुर्सानी–४ पिस, मिक्स गरम मसलाको धूलो–आधा चिया चम्चा, नुन–स्वादअनुसार, कागती वा इमलीको रस–१५ मिलिलिटर ।

विधि ः कर्कलोलाई राम्ररी केलाउने र पखालेर मसिनो गरी काट्ने । आलुलाई ताछेर मसिनो चानामा काट्ने र एक साइडमा पानीमा भिजाएर राख्ने । बाक्लो कराही वा प्रेसरकुकरमा तेल हालेर ज्वानो फुराउने र मसिनो गरी काटेको हरियो खुर्सानी, थिचेको अदुवा–लसुन हाल्ने । केही खैरो हुनासाथ प्याज हालेर चलाई बेसार, जिरा–धनियाँ, गरम मसला हाल्ने । लगत्तै आलु, चना, काटेको गोलभेंडा, स्वादअनुसार नुन हालेर छोपिदिने । केहीबेरपछि थोरै तातोपानी र कर्कलो हालेर चलाउने र छोपेर सानो आँचमा दुई वा तीन सिठी प्रेसर गर्ने वा कराहीमा पकाउने हो भने छोपेर घोटी–घोटी पकाउन सकिन्छ । अन्त्यमा पाकेपछि टिम्मुरको धूलो, कागती वा इमलीको रस हालेर चलाउने । त्यसपछि सर्भ गर्ने । कर्कलो (गाभा) को तरकारी भात वा चिउरासँग खान स्वादिष्ट हुन्छ ।

 Image