Successfully Copied

महिला फुटबल

भदौ २४ मा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले विजय भएको थियो

विश्व फुटबल महासंघ (फिफा) को मापदण्डअनुसार अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिने नेपालको एकमात्र आयोजनास्थल दशरथ रंगशाला हो । यो रंगशालामा विभिन्न उमेर समूहका राष्ट्रिय टोलीले खेल्न भ्याए पनि सिनियर महिला टोलीले भने खेल्न पाएका थिएनन् । महिला टिमले विराटनगर, पोखरा र सातदोबाटोस्थित मैदानमा अन्तर्राष्ट्रिय खेलहरू खेल्दै आएका थिए । भदौ चौथो साता भने बंगलादेशसाग फिफाको मान्यता प्राप्त दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला टोलीले दशरथ रंगशालामा डेब्यु गर्‍यो ।

भदौ २४ मा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले विजय भएको थियो । नेपालका लागि सविता राना मगर र प्रीति राईले गोल गरेका थिए भने बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । त्यस्तै, प्रतिस्पर्धात्मक बनेको दोस्रो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो । सन् २०२२ एएफसी महिला कप छनोटको तयारीस्वरूप नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण उक्त खेल खेलेको हो ।

तस्बिर : केशव थापा  

 Image