फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ
आश्विन १०, २०७८
फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् ।क्लबको ११ औँ साधारणसभाबाट श्रेष्ठ चयन भएकी हुन् । यससँगै क्लबले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
त्यस्तै उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्वारिका प्रसाद काफ्ले र सचिवमा अमूल थापा चयन भएका छन् । समितिले विकास द्वारेलाई प्रवक्ता चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, बर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्