Successfully Copied

बटुक र चुकाउनी

पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।

आर. बी. बुढाथोकी, सुसेफ दि सोल्टी

पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।  मगर र खस जातिको यो मौलिक खाना माघे संक्रान्तिमा विशेष महत्वका साथ खाने गरिन्छ । यसका साथमा उसिनेको कन्दमूल तरुल, सक्खरखण्ड र पिँडालु पनि खाने गरिन्छ । दसंै–तिहारमा पनि यो परिकार शाकाहारीका लागि निकै स्वादिष्ट मानिन्छ ।

घरमा सजिलै बनाउन सकिने बटुक र चुकाउनी बालकदेखि वृद्धसम्म सबैलाई हुने हाम्रो आफ्नै मौलिक खाना हो । यो पकाउन पनि निकै सजिलो र सामान्य सामग्री भए पुग्छ । यी परिकारहरूलाई व्यावसायिक रूपमा होटल–रेस्टुराँमा प्रयोग नगरिए पनि खाजाघर र परिवारमा भने नियमित रूपमा पाक्छ ।

सामग्री ः मासको दाल–आधा किलो, अदुवा–लसुनको पेस्ट–एक चम्चा, नुन–स्वादअनुसार, हरियो खुर्सानी–दुई पिस, काटेको हरियो धनियाँ–दुई चम्चा, भेजटेबल तेल–तार्नका लागि आवश्यकतानुसार ।

 विधि ः एक रात पहिले नै मासको दाललाई भिजाएर राख्ने र बिहान माडेर बोक्रा पखाल्ने । बल्यान्डर वा सिलाउटोमा दाल पिस्ने र मसिनो गरी काटेको हरियो खुर्सानी, धनिया“, अदुवा, लसुन स्वादअनुसार हालेर मज्जाले मोल्ने । मधुरो आँचमा बाक्लो ताप्केमा तेल हालेर तताउने । दालको लेदोलाई १५ ग्राम जति देब्रे हातको हत्केलामा राखेर बीचमा अर्को हातको एक औलाले प्वाल बनाउने र तातेको तेलमा खसाउने । एक साइड खैरो हुनासाथ फर्काउने र पाक्नासाथ तातो चुकाउनीसँग खाने ।

पाल्पाली चुकाउनी बनाउन चाहिने सामग्री ः नुन हालेर उसिनेको आलु–चार पिस, मध्यम खालको काँक्रो–१ पिस, जुलिएन काटेको प्याज–सानो एक पिस, फिटेको दही–एक कप, हरिया खुर्सानी–दुई पिस, कागतीको रस–दुई चम्चा, तोरीको तेल–तीन चम्चा, मेथी–आधा चम्चा, जिरा दाना–आधा चम्चा, बेसार–आधा चम्चा, काटेको धनियाँ–एक चिया चम्चा, खुर्सानीको धूलो–पिन्च, नुन–स्वादअनुसार

पाल्पाली चुकाउने बनाउने विधि ः उसिनेको आलुलाई सानो डाइसमा काट्ने र एउटा बाटामा राख्ने । गुदी निकालेर सानो डाइस काटेको काँक्रो पनि हाल्दिने । प्याज र दही हालेर नुन, खुर्सानीको धूलो पनि ओइराउने । कागतीको रस हाली चलाउने र तोरीको तेल तताई मेथी, जिरा, काटेको हरियो खुर्सानी फुराउने । अन्तमा बेसार हाली आलु काँक्राको बाटामा तड्का मारेर फेरि मिक्स गर्ने र धनियाँ छर्दिने । त्यसपछि तयार भएको पाल्पाली चुकाउनी बटुकसँग सर्भ गर्ने ।

 Image