Successfully Copied

‘द माउन्ट एभरेस्ट फेसन रनवे’

विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो ।

विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो । उक्त फेसन सो ५ हजार ६ सय ४४ मिटरको उचाइमा भएको हो । १० देशका मोडेल नेपाली मौलिक फाइबरले बनेका कपडा तथा आभूषणमा सजिएर फेसन रनवेमा प्रस्तुत भएका थिए । पहिरनको थिम भने ‘विन्टर कलेक्सन’ रहेको थियो । यसको संयोजन फेसन डिजाइनर रमिला नेमकुलले गरेकी थिइन् । उनको यो दोस्रो पटक ‘माउन्ट एभरेस्ट फेसन रनवे’ हो । यसको पहिलो संस्करण गत वर्षको पुसमा सम्पन्न भएको थियो । कासा र आरबी डायमण्डको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सो भएको थियो ।

 Image