Successfully Copied

पुष्प मेलामा ७९ लाखको कारोबार

ललितपुरस्थित जावलाखेलमा कात्तिक दोस्रो साता आयोजित ‘गोदावरी पुष्प मेला’ मा ७९ लाख रुपैयाँको कारोबार भयो ।

ललितपुरस्थित जावलाखेलमा कात्तिक दोस्रो साता आयोजित ‘गोदावरी पुष्प मेला’ मा ७९ लाख रुपैयाँको कारोबार भयो । ४८ वटा स्टल राखिएको उक्त मेलामा उत्कृष्ट स्टलको पुरस्कार बल्खुस्थित थापा नर्सरीले प्राप्त गर्यो । उक्त नर्सरीलाई आयोजक फ्लोरिकल्चर एसोसिएन (फ्यान)ले नगद १५ हजार रकमसहित पुरस्कृत गरेको थियो । ‘फ्यान’ का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा  गोदावरी, सयपत्री, बेगमबेलीलगायत आयात गरिएका बिरुवाहरू राखिएका थिए ।

 Image