Successfully Copied

स्मिता दाहाल, गायिका

कार्यक्रमहरूमा गइरहनुपर्ने भएकाले ‘हाइ हिल’ रुचाउँछु ।

पहिरन : प्रायः जिन्स र टिसर्ट लगाएर हिँड्न मन पर्छ । 

फेसन : आफूलाई सहज लाग्ने पहिरन लगाउनु नै फेसन हो । 

सपिङ डेस्टिनेसन : प्रायः लबिङ मलमा किन्छु । ब्रान्ड कन्सस छैन । फेसनेबल देखिन ब्रान्डेड नै लगाउनुपर्छ भन्ने छैन ।

फुटवेयर : कार्यक्रमहरूमा गइरहनुपर्ने भएकाले ‘हाइ हिल’ रुचाउँछु । स्पोर्ट्स सुज खासै मन पर्दैन । फ्ल्याट स्यान्डल नै मनपर्छ ।

एसेसरिज : म एसेसरिज लगाउँदिन । कानमा सानो टप लगाउँछु । 

मेकअप : मलाई मेकअप गर्न एकदमै मन पर्छ । म लाइट मेकअप गर्छु । अनुहारमा क्रिम, कम्प्याक्ट पाउडर, लिपिस्टिक र गाजल छुटाउँदिन ।

मन पर्ने खाना : म जे पनि खाइरहेकी हुन्छु । खानामा चुँजी छुैन तर पनि सि–फुडहरू एकदमै मनपर्छ ।मन पर्ने ठाउँ : मुस्ताङ ।

मनपर्ने मौसम : गर्मी ।

फुर्सदमा : गीत सुन्छु, टिकटक बनाउँछु । 

 Image