Successfully Copied

२०७८ साल माघ महिनाको राशिफल

मेष बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनेछ । कसैकसैको यो महिनामा लगनगाँठो जोडिनेछ ।

मेष

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनेछ । कसैकसैको यो महिनामा लगनगाँठो जोडिनेछ । साथीसित भेटघाट गर्ने मौका जुर्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक लेनदेनको काम गर्दा भने सावधानी अपनाउनुपर्ने बेला छ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । 

वृष

पारिवारिक सुख मिल्नेछ । कसैकसैको घरमा भाउजू वा बुहारीका रूपमा नयाँ सदस्यको आगमन हुनसक्छ भने कसैकसैको यो महिनामा नयाँ घरमा सर्ने योग जुर्नेछ । महिनाको पूवार्द्धमा शेयर कारोबारमा केही गिरावट आए पनि उत्तरार्द्धमा यसले फेरि आफ्नो ठाउँ लिनेछ । माइतीबाट अपेक्षित सहयोग र सद्भाव मिल्नेछ । यो महिना गृहिणीहरूको घरखर्च बढ्न सक्छ । कहिलेकाहीँ काम गर्दा अनपेक्षित बाधा आउन सक्छ । 

मिथुन

योजनाबद्ध रूपले सबै काम सम्पन्न हुँदै जानेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । सन्तानबाट अपेक्षित सुख–सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा कुनै–कुनै कुरामा वैचारिक मतभेद भए पनि एकापसमा माया र समझदारी कायमै रहनेछ । कहिलेकाहीँ काम गर्दा दोधारको स्थिति सिर्जना हुनसक्छ । सकेसम्म प्राथमिकतामा परेका कार्यहरूलाई ग्राह्यता दिए झिना–मसिना कार्यहरू सजिलै सम्पन्न हुनेछन् । आफूमा भएको धैर्य र आत्मविश्वासको राम्रो सदुपयोग गर्न सके सबै कार्य सहज ढङ्गले पूर्ण हुँदै जानेछन् ।

कर्कट

कुनै कामविशेषले यात्रा हुनसक्छ । योजनानुसार सबै काममा सफलता मिल्दै जानेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ । महिनाको उत्तरार्द्ध व्यावसायिक क्षेत्रका लागि फाइदाजनक रहनेछ । पेट दुख्ने योग भएकाले आहार–विहार एवं व्यायाममा राम्रो ध्यान दिनुहोला । काम गर्दा अपजस आउनसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा राम्रो ध्यान दिनुपर्ने बेला छ । नवविवाहिताहरूले पनि बोल्दा एवं व्यवहार गर्दा विशेष ख्याल गर्नुपर्ने छ । 

सिंह

दाम्पत्य जीवन सुखमय रहनेछ । मनमा भएको तनाव हट्न जाँदा मन खुसी हुनुका साथै शरीर पनि स्वस्थ रहनेछ । साथीहरूसित रमाइलो जमघट हुनेछ । तपाईंका शत्रुहरू आफै तर्कर्दै जानेछन् । रिस गर्ने व्यक्तिहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति गर्ने अवसर मिल्नेछ । व्यापारिक एवं शेयर कारोबारमा पनि राम्रो सफलता हात लाग्नेछ । 

पारिवारिक सुख–समृद्धि बढ्नेछ । सोचेअनुसार सबै काम सम्पन्न हुँदै जानेछन् । 

कन्या

कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलागे पनि तपाईंको कार्यकुशलताले सबै कार्य अपेक्षित समयमा पूरा हुँदै जानेछन् । आफूसित असम्बन्धित कुराबाट टाढै रहन सके शत्रु आफैं तर्कदै जानेछन् । छोराछोरीको मनस्थितिलाई बुझी तदनुरूप कार्य गर्न सके तिनले पनि तपाईंको आज्ञाको सहज रूपले पालना गर्नेछन् । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने मौका मिल्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । कसैकसैको घरमा नयाँ सदस्यलाई भित्र्याउने मौका मिल्नेछ । 

तुला

काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आफ्नै प्रभुत्वमा सबै काम सम्पन्न हुनेछन् । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । तपाईंको कार्यकुशलता देखेर प्रतिस्पर्धीहरू आफैं तर्कदै जानेछन् । पारिवारिक खुसीका निम्ति पनि किनमेल हुनेछ । वैचारिक मतभेदले गर्दा परिवारमा कुनै कुरामा बहस हुनसक्छ । शान्त र धैर्यका साथ सबैको विचार बुझेर तदनुरूप कार्य गर्नु लाभप्रद रहनेछ । 

वृश्चिक

मनमा भएको बोझ हट्न जाँदा शरीर स्वस्थ हुनेछ । आफ्नो वासस्थानमा आफूअनुकूल व्यक्तिगत काम गर्ने समय निस्कनेछ । कुनै कारणवश रोकिएका कामले क्रमशः गति लिन थाल्नेछन् । कुनै कुरालाई लिएर कसैसित वैचारिक बहस हुनसक्छ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनसक्छ । कतिपय कुरामा सम्झौता पनि गर्नुपर्ने हुनसक्छ । दाम्पत्य जीवनमा एक–अर्काको सुख–दुःख एवं मनोगत भावनालाई राम्रोसँग बुझी कार्य गर्ने प्रयास हुनेछ । 

धनु

पारिवारिक वातावरण सुखमय रहनेछ । आफ्नै इच्छा एवं योजनानुसार सबै कार्य सम्पन्न गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । साथीसित भेटघाट गर्ने अवसर जुर्नेछ । कुनै पार्टी, विवाह, व्रतबन्ध आदि समारोहमा सहभागी हुने मौका मिल्नेछ । यो महिनामा कसैकसैको व्यक्तिगत जीवन दाम्पत्य जीवनमा परिणत हुनसक्छ । अनावश्यक खर्च हुने योग रहेकाले कुनै पनि 

सामानको किनमेल गर्नुपूर्व राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । 

मकर

विभिन्न कामको जिम्मेवारीले गर्दा यो महिना तपाईंलाई अति व्यस्त गराउनेछ । सानातिना कामका लागि आफैं खट्नुपर्दा काम गर्दा भ्याइनभ्याइ हुनसक्छ । पेट एवं मुटुका बिरामीले भने जति नै व्यस्त भए तापनि आफ्नो स्वास्थ्य, खानपान र व्यायामका लागि केही समय छुट््याउनुहोला । काम गर्दागर्दै आकस्मिक रूपमा सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म आफ्नो काम आफैं गर्ने प्रयास गर्नुहोला । 

कुम्भ

व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । नयाँ एवं पुराना साथीसित भेट्ने/वार्तालाप गर्ने मौका जुट्नेछ । आफ्नो इच्छानुरूप समययापन गर्ने अवसर मिल्नेछ । महिनाको पूवार्द्धमा काम गर्दा केही सानातिना समस्या आइलागे पनि उत्तरार्द्धमा भने सबै कुरा सहज ढंगले पूरा हुँदै जानेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तानबाट सुख एवं सन्तोष पाइनेछ । दाम्पत्य जीवनमा आफ्नो जोडीबाट अपेक्षित सहयोग एवं सद्भाव पाइनेछ । 

मीन

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । घर–जग्गासम्बन्धी कारोबारमा सफलता मिल्नेछ । कसैकसैलाई कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ला । कुनै धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । धार्मिक कार्यप्रति आस्था बढ्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । यो महिनामा कसैकसैको व्यक्तिगत जीवनले गृहस्थाश्रममा प्रवेश गर्ने मौका पाउनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय हुनेछ । सन्तानबाट सुख–सन्तोष पाइनेछ । 

 Image