उमेर नपुग्दै बालिकामा किशोरावस्थाका लक्षण

नारी संवाददाता

माघ ७, २०७८ रेनुकाकी एक्ली छोरी रचनाको मासिक स्राव सुरु भइसकेको छ । स्तन एवं यौनाङ्गमा पनि परिवर्तन देखिएको छ । जबकि उमेरले उनी नौ वर्ष मात्र टेक्दैछिन् । कम उमेरमै रचना शारीरिक रूपले परिपक्व देखिएकी छिन् । यसअनुरूप उनमा बौद्धिक परिपक्वता भने देखिँदैन । आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे रचना स्वयं अनभिज्ञ छन् । 

रचना एक प्रतिनिधि बालिका हुन्, जो उमेरअघि नै किशोरावस्थामा प्रवेश गरिसकेकी छन् । सामान्यतः १२ वा १३ वर्षको उमेरपछि मात्र किशोरीमा मासिकस्राव सुरु हुन्छ । हाल भने १० वर्ष नपुग्दै धेरै बालिकामा स्राव सुरु हुने गरेको छ । अन्तर्राष्ट्रिय अध्ययनले पनि यो तथ्यको पुष्टि गरिसकेको छ । अधिकांश आमाबुवा भने यस किसिमको शारीरिक  परिवर्तनले चिन्तित र आश्चर्यमा छन् । 

उमेरअगावै बालिकामा देखिने परिवर्तनबारे भक्तपुर क्यान्सर अस्पतालका रेडियोलोजी तथा अंकोलोजी विभाग प्रमुख डा. उज्ज्वल चालिसे भन्छन्, ‘महिनावारी छिटो सुरु हुनु भनेको क्यान्सरको प्रमुख कारणमध्ये एक हो ।’ बालिकाहरूमा चाँडो महिनावारी हुँदा उनीहरूमा एस्ट्रोजन हर्मोनको मात्रा बढ्छ । त्यसैले उनीहरूमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुने उनी बताउँछन् । 

के भएको हो यो ? 

उमेर नपुग्दै बालिकाहरू शारीरिक रूपमा परिपक्व हुँदै गएका छन् । मासिक स्राव सुरु हुनु, स्तनको आकार बढ्नु, यौनाङ्ग एवं काखीमा रौं पलाउनु, स्वर धोत्रो हुनु, उचाइ बढ्नु आदि परिवर्तन किशोरावस्थामा पुगिसकेपछि हुने हो । किशोरावस्था १३ वर्षदेखि सुरु भएको मानिन्छ । यद्यपि किशोरावस्थामा नपुग्दै बालिकामा यस्ता परिवर्तन देखापर्न थालेका छन् । किन यस्तो भइरहेको छ त ? यसमा एउटा मात्र जवाफ छैन । विविध कारणले उमेर नपुग्दै बालिकाहरूमा शारीरिक परिवर्तन देखिँदैछ । 

प्रायः बालबालिकालाई पोषणको नाममा गाई वा भैंसीको दूध ख्वाउने सल्लाह दिइन्छ । केही अध्ययनले उनीहरूलाई चाँडै किशोरावस्थामा प्रवेश गराउन दूध जिम्मेवार भएको देखाउँछ । वृद्धि हर्मोनयुक्त दूधले समयअगावै किशोरावस्थामा धकेल्छ । दूधले अक्सिटोसिन र एस्ट्रोजोन हर्मोनको जस्तै काम गर्छ, जसका कारण ८ वर्षमै किशोरावस्थाको संकेत देखिन सक्छ । स्तनको विकास हुन्छ र मासिक स्राव सुरु हुन्छ । 

चिकित्सकका अनुसार किशोरावस्था चाँडै हुनुको कारण खाद्यपदार्थमा भएको वृद्धि हर्मोनमात्र नभएर अन्य कारण पनि छन् । गाउँमा हुर्केका बालिकाहरूको तुलनामा सहरी क्षेत्रमा हुर्केका बालिकाहरूमा चाँडै किशोरावस्था देखिने गरेको छ । सहरी क्षेत्रमा हुर्केका बालबालिकाहरूले पौष्टिक आहारका साथै मेडिकल सुविधा पनि पाउँछन् । त्यसैले उनीहरूको शारीरिक विकास पनि चाँडै हुन्छ । मेडिकलको दृष्टिले चाँडै शारीरिक विकास हुँदा चिन्तित हुनुपर्ने आवश्यकता हुँदैन । वास्तविक चुनौती भनेको वायोलोजिकल (शारीरिक) र मेन्टल (बौद्धिक) उमेरबीचको अन्तरमा सन्तुलन बनाउनु हो । 

उच्च प्रोटिन डाइट

‘पब्लिक हेल्थ न्युट्रिसन’ मा प्रकाशित ‘ब्रिटिस रिसर्च–२०१०’ अध्ययन अनुसार जनावरबाट प्राप्त हुने प्रोटिन अधिक सेवन गर्दा समयअगावै बालबालिकाको शारीरिक वृद्धि विकास हुन्छ । खाद्यपदार्थको गुणवत्ता नियन्त्रित गर्ने नियमलाई ध्यान नदिँदा तरकारी र अण्डामा अक्सिटोसिन हर्मोन बढी मात्रामा पाइएको छ । यसको सेवनले बालबालिकालाई समयअगावै किशोरावस्थामा प्रवेश गराउँछ । 

जंक फुडको सेवन

प्रायः बालबालिकाहरू घरभित्रै इनडोर गेम्स, मोबाइल, टिभीमा भुल्छन् । जंक फुडको सेवन पनि अत्यधिक गर्छन् । यी कारणले उनीहरूको तौल असामान्य रूपले बढ्छ । ओभरवेट पनि अहिलेका बालबालिकाको प्रमुख समस्या बनेको छ । ऊर्जाको संचयका साथै ‘फ्याट सेल्स लेप्टिन’ को निर्माण गर्छ । यो एक प्रकारको हर्मोन हो, यसले भोक नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ । जुन बालबालिकाहरूको तौल बढी हुन्छ, उनीहरूमा ‘लेप्टिन’ को स्तर अधिक हुन्छ । यिनै कारणले बालबालिका किशोरावस्थामा चाँडै प्रवेश गर्छन् । 

पर्यावरण प्रदूषक

पेस्टिसाइड्स र त्यसको बाइप्रोडक्ट जस्तै डीडीई (डीडीटीको ब्रेकडाउन प्रोडक्ट) र पीसीबीज (पोलिक्लोरिनेटेड बायोफिनाइल्स) ले शरीरको सन्तुलन बिगारिदिन्छ । जसको कारण बालबालिकाहरूको तौल बढ्छ र समयअगावै शारीरिक विकास हुन्छ । हुन त डीडीटी एक प्रतिबन्धित पेस्टिसाइड हो । तर लामखुट्टे नियन्त्रण गर्ने यो पेस्टिसाइड बजारमा सजिलै उपलब्ध हुन्छ । यसका साथै पर्यावरणमा पनि हर्मोनलाई प्रभावित गर्ने रसायन पाइन्छ । जसमा बायस्फेनल ‘ए’ (बीपीए), जो प्लास्टिक निर्माणमा प्रयोग गरिन्छ ।

यस्तो स्थितिबाट कसरी बच्ने ?

- पूर्वकिशोरावस्था रोक्न र यसबाट बच्नका लागि कुनै निश्चित सूत्र त छैन । तैपनि जीवनशैलीमा परिवर्तन ल्याएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ । 

- जति सकिन्छ बालबालिकालाई बाहिरी हर्मोनयुक्त वस्तुबाट टाढा राख्नुपर्छ । आमाहरूले सकभर आफ्ना सन्तानलाई फर्मुला दूध, गाई वा भैंसीको दूधको साटो स्तनपान नै गराउनुपर्छ । 

- घरबाट टाढा रहने, लामो समयसम्म काम गर्ने र कामको तनावले यस्तो स्थिति उत्पन्न हुन्छ । जंक फुडको सिकार, सुत्ने–उठ्ने समय ठीक नहुने, खराब दिनचर्या अपनाइन्छ । सुस्त जीवनशैलीले पनि मधुमेह र उच्च रक्तचापको सम्भावना बढाउँछ र प्रजनन प्रणालीमा नराम्रोसँग प्रभावित पारिदिन्छ । जसले बच्चाको हेरचाह गर्न पाइँदैन । बच्चालाई जंक फुडबाट टाढा राख्नुपर्छ । 

- खानपानमा ध्यान दिनुका साथै बालबालिकाको दिनचर्यामा ३० मिनेट योग समावेश गरिदिनुपर्छ । अध्ययनले आधा घण्टा योग र १५ मिनेटको मेडिटेसन 

तनाव नियन्त्रण गर्न सहायक हुन सक्ने देखाएको छ ।

- खानपान उचित समय र डाइटबाट पनि सहायता मिल्न सक्छ । बालबालिकालाई हरियो सागसब्जी बढी खान दिनुपर्छ । माछा र बदामबाट ओमेगा–३ फ्याटी एसिडको सेवन बढाउनुपर्छ । महिलाको शरीर कृत्रिम हर्मोन र कमर्सियल फुड प्रोडक्टमा प्रयोग गरिने पेस्टिसाइड्सप्रति संवेदनशील हुन्छ । यसले उनीहरूको प्रजनन प्रणालीमा नराम्रो प्रभाव पार्छ । त्यसैले जति सम्भव छ त्यति यसबाट बच्ने प्रयास गर्नुपर्छ । 

 

के छ खतरा ?

शरीरको समुचित विकास हुन पाउँदैन 

चाँडै किशोरावस्थामा आउनाले बालबालिकाको हड्डीको विकास समयभन्दा पहिला नै रोकिन्छ । जसले गर्दा उनीहरूको उचाइ सामान्यभन्दा कम हुने सम्भावना रहन्छ । छिट्टै महिनावारी हुँदा मानसिक र सामाजिक असर बालिकामा पर्छ । समयअगावै शारीरिक 

परिवर्तनले उनीहरूमा असहजता महसुस गराउँछ । 

स्तन क्यान्सर 

 चाँडै किशोरावस्थामा प्रवेश गर्दा प्रजनन क्षमताको पनि सीमा बढ्छ । ‘एस्ट्र्रोजन 

हर्मोन’ धेरै हुँदा मुटुका अतिरिक्त सुरक्षा मिल्छ । केही अध्ययन अनुसार यसले स्तन क्यान्सर हुने सम्भावना बढाउँछ । ‘दि फलिङ्ग एज अफ प्युबर्टी इन युएस गर्ल्स’ (२००७) मा ‘सेन्ड्रा स्टेग्रेबर’ ले समयअगावै किशोरावस्था प्रवेश गरेका बालबालिकाहरूको डाटाको विषयमा गहन विश्लेषण गरेको छ । 

‘सेन्ड्रा स्टेग्रेबर’ पर्यावरण, स्वास्थ्य प्रदूषक र क्यान्सरबीचको सम्बन्धबारे काम गर्नका लागि प्रसिद्ध छ । किशोरावस्था सुरुवातका साथै शारीरिक, मनोवैज्ञानिक र पर्यावरणीय (पोषण, रसायन) अवस्थाको जटिल अन्तरसम्बन्ध र वयस्कताबाारे गरिएको परिणाम स्तन क्यान्सरका रूपमा आएको छ । हुन त यो अनुसन्धानको अहिलेसम्म यकिन निष्कर्ष आएको छैन । तर पनि स्तन क्यान्सर हुने आधारभूत कारण समयअगावैको किशोरावस्था हुने पाइएको छ । प्रजनन अवधि बढेसँगै ‘सेक्सुअल पार्टनर’ पनि बढ्न सक्ने भएकाले सर्भाइकल (पाठेघरको मुखको) क्यान्सर हुने खतरा पनि बढ्छ ।

बाँझोपन

समयअगावै किशोरावस्थाले बाँझोपन निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । यसले प्रजननको अवधि त बढाउँछ तर अण्डको गुणवत्ता समयभन्दा अघि घट्न थाल्छ । कसैकसैलाई ३५ वर्षको उमेरमै घट्न थाल्छ । यसको कारण हर्मोन लामो समयसम्म सक्रिय हुनाले हो । धूम्रपान र मद्यपान गर्ने बानीले पनि प्रजनन कार्यप्रणालीमा नराम्रो प्रभाव पार्छ । अहिलेका महिला बढी उमेरमा बच्चा जन्माउँछन् । नैसर्गिक तरिकाले गर्भधारण मुस्किल हुँदै गएको छ । 

समयअगावै रजोनिवृत्ति

महिलाको औसत आयु ५० वर्षअघि नै महिनावारी सुक्ने गरेको छ । यसको कारण पनि समयअगावै किशोरावस्थामा पुग्ने बताइएको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>