Successfully Copied

‘मिस इको इन्टरनेसल’ मा प्रतिनिधित्व गर्दै सोफिया

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा  ‘मिस इको इन्टरनेसनल २०२०’ सोफिया भुजेलले प्रतिनिधित्व गर्ने भएकी छन् ।

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा  ‘मिस इको इन्टरनेसनल २०२०’ सोफिया भुजेलले प्रतिनिधित्व गर्ने भएकी छन् ।

मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले गत शनिबार द स्ट्रान्ड लाउञ्ज एण्ड बार बत्तिसपुतली एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरिएको हो ।

सन् २०१५ मा  इजिप्टबाट सुरु भएको एल.टी.सी.पी. संस्थाले ‘ब्युटी अफ इको’ थिममा पर्यटन र पर्यावरणबारे जागरण गराउन सुरु भएको हो । विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।

६० जना भन्दा बढी देशका सुन्दरीहरुको सहभागिता रहने उक्त प्रतियागितमा यसअघि पिन्शा श्रेष्ठ, नगमा श्रेष्ठ, रोनाली आमात्य, मुना गौचनले सहभागिता जनाइसकेका छन् । गत वर्ष यस प्रतियोगितामा आयुष्मा रायमाझीले प्रतिनिधित्व गरेकी थिइन । उनले ‘मिस इको एसिया’ को टाइटल समेत जितेकी थिइन ।

 Image