Successfully Copied

क्याजुअलमा सफ्ट मेकअप

यो मौसममा छाला अत्यन्तै सुख्खा हुने भएकाले प्रशस्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ । राति सुत्नुअघि क्लिन्जिङ गरी सातामा तीन पटक नरिवलको तेलले मसाज गर्दा छाला नरम र मुलायम हुन्छ ।

रोजी श्रेष्ठ

 

चिसो मौसममा छालाको स्याहार कसरी गर्न सकिन्छ ?

यो मौसममा छाला अत्यन्तै सुख्खा हुने भएकाले प्रशस्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ । राति सुत्नुअघि क्लिन्जिङ गरी सातामा तीन पटक नरिवलको तेलले मसाज गर्दा छाला नरम र मुलायम हुन्छ । दूधको तरले मसाज गर्दा पनि छालालाई राम्रो हुन्छ । 

जाडोको मेकअप कस्तो हुनुपर्छ ?

पार्टीबाहेक क्याजुअलमा सफ्ट मेकअप नै राम्रो हुन्छ । ‘न्युड आइज विथ लाइट–ब्राइट लिप्स’ नै राम्रो देखिन्छ । छालाको प्रकृतिअनुसार ‘वाटर बेस्ड’ र ‘ओयल बेस्ड’ फाउन्डेसन लगाउन सकिन्छ । तर, त्यसअघि छालालाई प्रशस्त मोस्चराइज्ड गर्नुपर्छ । 

यो मौसममा मेकअप गर्दा केमा बढी ध्यान दिनुपर्छ ?

मेकअपले छालालाई सुख्खा नबनाओस् भन्नेबारे बढी सजग हुनुपर्छ । राति मेकअप उतारेपछि सुत्नुअघि नाइट टाइम स्किन केयर रुटिन राम्ररी फलो गर्नुपर्छ । त्यसमा क्लिन्जिङ, फेसवास र मोस्चराइजर पर्छन् । यिनले भोलिपल्टको मेकअपमा राम्रो प्रभाव पार्छन् । 

यो मौसमको मेकअपमा छुटाउनै नहुने सौन्दर्य प्रसाधन कुन हो ?

सनस्क्रिन लगाउनुपर्छ । मोस्चराइजर र लिपग्लस यो मौसममा छुटाउनु हुँदैन । 

कस्तो अनुहारमा कस्तो मेकअप गर्दा उपयुक्त हुन्छ ?

लुक्सअनुसार सुहाउँदो मेकअप गर्ने हो । यसमा पहिरन हेरेर लुक्स दिन सकिन्छ । अर्को कुरा फेस कन्टोरिङ गरेर सेप निकाल्न सकिन्छ । अझ सार्पन गर्न सकिन्छ । कन्टोरिङले परफेक्सन दिने काम गर्छ । 

(रोजी मेकअप आर्टिस्ट हुन् ।)

 Image