Successfully Copied

हेयर एन्ड शान्ति अब दरबार मलमा

हेयर डिजाइन लगायत सौन्दर्यसम्बन्धी सेवा दिदै आएको ‘हेयर एन्ड शान्ति’ले आफ्नो नयाँ शाखा दरबारमार्गस्थित दरबार मलमा सञ्चालन सुरु गरेको छ ।

हेयर डिजाइन लगायत सौन्दर्यसम्बन्धी सेवा दिदै आएको ‘हेयर एन्ड शान्ति’ले आफ्नो नयाँ शाखा दरबारमार्गस्थित दरबार मलमा सञ्चालन सुरु गरेको छ । नेपालमा हेयर एन्ड शान्तिको यो ७ औं शाखा हो ।

चार वर्षअघि कमलादीमा यसको पहिलो शाखा खुलेको थियो । त्यसपछि जावलाखेल, ठमेल, टंगालहुँदै काठमाडौंबाहिर नारायणघाट र चितवनमा यसको शाखा बिस्तार गरिएको छ । ‘ग्राहकको विश्वास जित्न सफल भएका छौं’ सञ्चालक एवं हेयर डिजाइनर अनुजा श्रेष्ठ भन्छिन्, ‘त्यसैले हामीलाई नयाँ शाखा विस्तार गर्ने हौसला पनि मिलेको हो ।’ हेयर एन्ड शान्ति भारतको राजधानी दिल्लीबाट सुरु भएको हो । भारतमा मात्र यसको १२ वटा स्टोर सञ्चालनमा छ ।

हेयर एन्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, कस्मारा, अरोमा, एडो, प्रो टेक जस्ता ब्रान्डेड ब्युटी प्रोडक्ट प्रयोग गरिरहेको सञ्चालक श्रेष्ठ बताउँछिन् । साथसाथै ग्राहकको आवश्यकता र सुविधा अनुसार नयाँ नयाँ उपकरणहरु प्रयोगमा ल्याइएको उनको भनाई छ । सलुनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा,कलाकार किरण केसी,दरबारमार्ग प्रहरी प्रमुख एबं डिएसपी विश्वराज खड्का लगायतले उद्घाटन गरेका थिए ।

 Image