Successfully Copied

२०७८ साल फागुन महिनाको राशिफल

मेष यो महिनामा कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । सोचेअनुसार सबै काम पूर्ण हुँदै जानेछन् । कहिलेकाहीँ काम गर्ने जाँगरमा कमी आउनसक्छ ।

मेष

यो महिनामा कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । सोचेअनुसार सबै काम पूर्ण हुँदै जानेछन् । कहिलेकाहीँ काम गर्ने जाँगरमा कमी आउनसक्छ । रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले वैचारिक मतभेद हुनसक्छ । नवविवाहिताहरूले बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने बेला छ । आर्थिक पक्ष सबल हुनेछ । व्यापारिक क्षेत्र एवं सेयर कारोबारबाट पनि राम्रै लाभ मिल्नेछ । मान्यजन एवं इष्टमित्रसित भेटघाट गरी रमाइलो गर्ने अवसर मिल्नेछ । 

वृष

कुनै महत्वपूर्ण काममा सहभागी हुने मौका मिल्नेछ । घरमा कुनै–कुनै सामग्रीमा हेरफेर हुनसक्छ । कहिलेकाहीँ काम गर्दा आकस्मिक समस्याको सामना गर्नुपरे तापनि बिस्तारै सबै काम पूरा हुँदै जानेछन् । लेनदेन गर्दा सतर्कता अपनाउनुपर्नेछ । शारीरिक कमजोरी हुनसक्ने भएकाले स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्ने बेला छ । परिवारमा राम्रो समझदारी कायम रहनेछ । सबैद्वारा तपाईंको इच्छा एवं आवश्यकताको ख्याल गरिनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुट्नेछ । 

मिथुन

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । कतैबाट कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक क्षेत्रबाट पनि राम्रै लाभ मिल्नेछ । कसैकसैलाई यो महिनामा सन्तान लाभ हुँदैछ भन्ने खुसीको खबर सुन्न पाइनेछ । कुनै–कुनै कुरामा दाम्पत्य जीवनमा तार्किक बहस भए तापनि निचोडमा कुरा समझदारीमा टुङ्गिनेछ । सकेसम्म धैर्य, शान्त र समझदारीका साथ काम गर्नु उचित हुनेछ । 

कर्कट

पराक्रम बढ्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किदै जानेछन् । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक बहस हुनसक्छ । आफूमा भएको रिस र अहंलाई प्रस्फुटन हुन नदिँदा सम्बन्धमा मधुरता थपिनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अनपेक्षित डर लाग्नसक्छ साथै अरूले गरेको राम्रो व्यवहारमा पनि खोट देखिनसक्छ । सकेसम्म आफू र आफ्नो विचारलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस् । स्वास्थ्य, खानपान, व्यायाम र योगका लागि पनि केही समय छुट्याउन सके समस्याको स्वतः निराकरण हुँदै जानेछ । 

सिंह

पारिवारिक वातावरण सुखमय रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति गर्ने अवसर मिल्नेछ । व्यक्तिगत वा अरू कुनै कामले यात्रा हुनसक्छ । विशेष कार्यमा सफलता मिल्नेछ । कुनै प्रतियोगितामा सहभागी हुने मौका मिल्नेछ । रिस गर्ने व्यक्तिहरू आफैं तर्किदै जानेछन् । गर्भवतीहरूले आफ्नो स्वास्थ्य एवं खानपानको राम्रो ख्याल गर्नुहोला । कुनै जमघटमा इष्टमित्र एवं साथीसंगीहरूसँग भेट्ने मौका मिल्नेछ । कहिलेकाहीँ छोराछोरीको कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक छलफल हुनसक्छ । 

कन्या

मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ रहनेछ । कुनै नयाँ काम गर्ने जिम्मेवारी आइलाग्न सक्छ । नयाँ एवं पुराना साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नेछ । कसैकसैलाई कुनै कामविशेषले यात्रा गर्नुपर्ने हुनसक्छ । आफ्नो शरीर अनुकूलका खानेकुराहरूमा मात्र जोड दिन सके शारीरिक स्वास्थ्य सबल रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी हुँदाहुँदै पनि कहिलेकाहीँ अनाहकमा छोराछोरीको कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । एक–अर्काले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके सम्बन्ध सुमधुर रहनेछ । 

तुला

आर्थिक लाभ हुनेछ । नवीन रोजगारीको योग छ । व्यक्तिगत कार्यका लागि केही किनमेल हुनसक्छ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । सेयर कारोबारमा आर्थिक दरमा वृद्धि हुनेछ । आकस्मिक रूपले कुनै कुराको लाभ हुनेछ । कुनै सभा–सेमिनारमा सहभागी हुने मौका मिल्नेछ । नयाँ एवं पुराना साथीसित भेटघाट हुनेछ । काम गर्दा कतै न कतैबाट कुनै न कुनै रूपमा सहयोग प्राप्त हुनेछ । कसैकसैलाई कामको सिलसिलामा कतैको यात्रा गर्नुपर्ला । 

वृश्चिक

महिनाको पूवार्द्ध अनुकूल हुनेछ । कसै–कसैको प्रेम सम्बन्धले यो महिनामा गृहस्थीको रूप लिनेछ । परिवारमा खुसी, उमङ्ग एवं सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । साहित्य, संगीत, कला एवं मनोरञ्जनात्मक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । काम गर्दा अपजस आउन सक्ने भएकाले व्यावहारिक कार्य गर्दा सजग रहनुपर्ने बेला छ । आफूलाई चित्त नबुझेको कुरा राम्ररी प्रकट गर्न सकेमा सबै प्रकारका पारिवारिक एवं सामाजिक चुनौती र असमझदारीहरू हटेर जानेछन् । 

धनु

मनमा भएको तनाव हट्न जाँदा मन चङ्गा हुन गई शरीर पनि स्वस्थ रहनेछ । कुनै नवीन ठाउँको अवलोकन गर्ने मौका मिल्नेछ । नयाँ घर सर्ने र जग्गा–जमीन जोरिने सम्भावना छ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सबल हुनुका साथै व्यावसायिक एवं सेयर कारोबारको मूल्यांकन बढ्नेछ । अपेक्षित माया, सहयोग र सद्भाव मिल्न जाँदा गृहस्थ जीवन सुखमय रहनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । 

मकर

कामको चापले गर्दा शरीरमा थकान महसुस हुनसक्छ । व्यक्तिगत स्वास्थ्य र रहनसहनका लागि केही समय छुट्याउन सके शरीर स्वस्थ रहनेछ । सहयोगी एवं विश्वासी पात्रबाट नै धोका हुनसक्ने भएकाले काम गर्दा एवं बोल्दा विशेष सजगता अपनाउनुपर्नेछ । आफ्नो कार्यक्षेत्रमा स्वाभिमानी हुँदै सक्रिय हुन सकेमा सबै समस्या टर्दै जानेछन् । मौसम परिवर्तनका कारण टाउको दुख्ने, आँखा दुख्ने, रुघा लाग्ने, टन्सिल हुने सामान्य स्वास्थ्य समस्या आउनसक्छन् ।

कुम्भ

वैदेशिक यात्राको योग रहेको छ । मुटु, पेट एवं रक्तचापका बिरामीहरूले जहाँ जाँदा पनि आफूलाई चाहिने आवश्यक सामग्री लिएर हिँड्दा राम्रो हुनेछ । आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला । काम गर्दा विविध खालका जिम्मेवारी आइलाग्ने हुँदा प्राथमिकतामा रहेका कामहरूलाई जोड दिँदै काम गर्दा सानातिना कामहरूले स्वतः गति लिँदै जानेछन् । विभिन्न कुराको लाभ हुनेछ । घरका सदस्यहरूले तपाईंको मनसाय बुझी काम गर्ने प्रयास गर्नेछन् । 

मीन

आर्थिक पक्ष सबल हुनुका साथै व्यावसायिक क्षेत्रबाट पनि राम्रै लाभ हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कतै घुमघाम गर्ने अवसर जुर्नसक्छ । नवविवाहिता नारीहरूले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला । असम्बन्धित कुराबाट टाढै रहन सके अनपेक्षित विवादबाट बच्न सकिन्छ । व्यक्तिगत कार्यका साथै पारिवारिक कार्यमा पनि चासो दिन सकेमा सबैले तपाईंको इच्छाको मान राखेरै कार्य गर्नेछन् । अतः विश्वसनीय व्यक्तिबाहेक अरू कसैसित आफ्नो गोप्य कुरा नभन्नु नै श्रेयस्कर हुनेछ । 

 Image