Successfully Copied

गर्मीमा तरोताजा र शीतलता

गर्मीमा तरोताजा र शीतलता प्रदान गर्नका लागि ककटेल र मकटेल उपयुक्त हुन्छ, जुन ताजा फलफूलबाट बनाइन्छ । यसले शरीरको तापमानलाई कम गर्छ । ककटेलमा एक निश्चित मात्रामा अल्कोहल हालिन्छ ।

तारा अधिकारी

बेभरेज स्पेसलिस्ट, रेन जावलाखेल

गर्मी मौसम सुरु भइसकेको छ । गर्मीमा शीतल अनुभव गर्नका लागि कस्तो पेय पदार्थ प्रयोग गर्न सकिन्छ ?

गर्मीमा तरोताजा र शीतलता प्रदान गर्नका लागि ककटेल र मकटेल उपयुक्त हुन्छ, जुन ताजा फलफूलबाट बनाइन्छ । यसले शरीरको तापमानलाई कम गर्छ । ककटेलमा एक निश्चित मात्रामा अल्कोहल हालिन्छ । मकटेल ननअल्कोहलिक ड्रिंक्स भएकाले बालबालिहरूका लागि उपयुक्त हुन्छ ।

ककटेल कसरी बनाइन्छ ? यसलाई कसरी स्वादिष्ट बनाउन सकिन्छ ?

कुनै पनि खानेकुरा सबैभन्दा पहिला आँखाले खानुपर्छ, भनिन्छ । खानेकुरा हेर्दै ‘वाउ’ भन्ने खालको हुनुपर्छ, स्वाद त छँदैछ । त्यसका लागि गार्निसिङ महत्वपूर्ण हुन्छ । त्यसको प्रस्तुतीकरण आकर्षक हुनुपर्छ ।

ककटेलको मुख्य तीन आधार हुन्छ । मोडिफेयर, स्वाद र रंग । ककटेलको आधारमा भोड्का, ह्विस्की वा रम हुन्छ । गुलियो, अमिलो, तीतो, अल्कोहल, जुस यी सबै कुराको सन्तुलन हुनुपर्छ वा भनौं यी सबैको स्वाद आउनुपर्छ । हरेक चीजको मात्रा मिलाएर राख्नुपर्छ । आइस सेक गर्दा तापक्रम मिलाउनुपर्छ । नत्र पानी हुन्छ र त्यसको असली स्वाद आउँदैन । ककटेलका लागि ताजा फलफूलको जुस प्रयोग गर्नुपर्छ ।

नेपालमा ककटेल पिउने संस्कार कस्तो छ ?

ककटेलको संस्कार त निकै पुरानो हो तर नेपालमा अझै यसको संस्कार विकास हुन सकेको छैन । यसबारे एक्सपोज र उचित प्रशिक्षण नपाएर अझै पनि पछाडि छौं, हामी । पहिलेको तुलनामा हामी अहिले  निकै अगाडि बढिरहेका छौं । यसबारे ग्राहकहरूमा अझै बुझाउन सकिएको छैन । यसका लागि थप तालिमको आवश्यकता पर्छ । मेरो भविष्यको योजना नै ककटेलको संस्कारलाई विकास गर्ने र तालिम दिने हो ।

 

 Image