Successfully Copied

‘साधारण पहिरन मनपर्छ’

मलाई पूरै शरीर ढाकिने पहिरन मनपर्छ । जिन्स र टिसर्ट सहज लाग्ने भएकाले प्रायः त्यही लगाउँछु । गीत रेकर्डिङमा जाँदा आफूलाई सहज हुने पहिरनमै जोड दिन्छु ।

‘फोटो फिरिममा’, ‘सुन न पियारा’, ‘मिनरल वाटर’, ‘छुकछुक छुकछुक रेलैको इन्जिन’ लगायतका हिट गीतकी गायिका हुन्, रचना रिमाल । ‘नेपाल आइडल सिजन–३’ मा उत्कृष्ट ८ सम्म पुगेकी उनको पछिल्लो समय व्यस्तता बढेको छ । पहिरनप्रति रचनाको रुचि कस्तो छ त ?

साधारण पहिरन नै रोजाइमा

मलाई पूरै शरीर ढाकिने पहिरन मनपर्छ । जिन्स र टिसर्ट सहज लाग्ने भएकाले प्रायः त्यही लगाउँछु । गीत रेकर्डिङमा जाँदा आफूलाई सहज हुने पहिरनमै जोड दिन्छु । कार्यक्रममा जाँदा गाउन लगाउन रुचाउँछु । मलाई स्लिभलेस पहिरन लगाउन मन पर्दैन, फुलस्लिभ नै लगाउँछु । कुर्ता–सुरुवाल मनपर्छ । 

उज्यालो रंग मनपर्छ 

मलाई सेतो, नीलो र पहेंलो रंग मनपर्छ । यी रंगका पहिरनमा मेरा आँखा सुरुमै गइहाल्छन् । सेता रंगका पहिरन मसँग धेरै छन् । 

धेरै पटक दोहोर्‍याउँदिन

सेलिब्रेटी भएपछि एउटै पहिरन लगाउन नमिल्दो रहेछ । एकपटक लगाएको पहिरन फेरि दोहोर्‍याएर लगाउँदा कतिपटक नराम्रो कमेन्ट गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर राख्दा धेरैले ‘कति एउटै लुगा लगाएको फोटो राखेको’ भन्छन् । त्यसैले ‘कन्सस’ हुन थालेकी छु । मलाई मनपरेका पहिरन दुई–तीन पटकसम्म लगाएकी छु । घरमा बस्दा, रेकर्डिङ गर्दा पनि लगाउँछु । 

कतिपटक मैले जस्तै पहिरन लगाएका मानिसहरू पनि भेट्छु । त्यतिबेला म खासै वास्ता गर्दिन । ‘तपार्इं र मेरो लुगा उस्तै रहेछ’ भनिदिन्छु । पहिले दसैंमा मात्र नयाँ पहिरन लगाउन पाइन्थ्यो, त्यतिबेला यस्तो पहिरन लगाउन पाए पनि हुन्थ्यो भन्ने सोच्थें । अहिले मलाई मन परेको पहिरन किनिहाल्छु । 

जुत्ता बढी किन्छु

मलाई जुत्ता एकदमै मनपर्छ । पहिरनभन्दा पनि म बढी जुत्ता किन्छु । राम्रो जुत्ता देखेपछि किनिहाल्न मनलाग्छ । जाडोमा न्यानोका लागि‘न्यू ब्यालेन्स’ का जुत्ता धेरै लगाउँछु । पहिरनअनुसार बुट लगाउँछु । गर्मीमा भने चप्पल नै लगाउँछु । मलाई प्वोइन्टेड हिल मनपर्दैन, ब्लक हिल लगाउँछु । कार्यक्रममा जाँदा हिल लगाउनुपर्ने भएकाले ब्लक हिल लगाउँछु । 

 Image