पिज्जा

नारी संवाददाता

चैत्र १३, २०७८ सामग्री : मैदा, अण्डा, इस्ट, चिनी, नुन, मनतातो पानी, बटर । 

विधि : मैदामा अण्डा, इस्ट, चिनी, नुन, बटर राखेर मनतातो पानीले सात मिनेटजति मुछ्ने । यसलाई २४ घण्टा चिल्लरमा राखेर पाँच सेन्टिग्रेन्डभन्दा कम तापक्रममा राख्ने । त्यसपछि यो तयार हुन्छ । पिज्जाको डोलाइ हातको सहायताले फैलाउने । त्यसपछि यसलाई डकर गर्ने । त्यसमाथि घरमा बनाएको पिज्जा सस टपिङ गर्ने । ८० ग्राम चीज, चिकेन, आफ्नो स्वादअनुसारको भेजिटेबल राखेर यसलाई टपिङ गर्न सकिन्छ । अब त्यसमाथि चीज राखेर छोप्ने । छ मिनेट पिज्जालाई बेक गर्ने । बाहिर निकालेर पिज्जाको बिटमा गार्लिक बटर लगाउने । यसले पिज्जालाई फ्लेवर र साइनिङ दिन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>