Successfully Copied

सदाबहार ‘क्याजुअल मेकअप’

गर्मी मौसममा ‘क्याजुअल मेकअप’ लाई सदाबहार मानिन्छ । खासगरी, यो मेकअप बर्थडे–एनिभर्सरी पार्टी, अफिसियल मिटिङका साथै दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ । यो मेकअपमा अनुहारलाई प्राकृतिक लुक्स दिन तैलीय प्रकृतिका सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ ।

गर्मी मौसममा ‘क्याजुअल मेकअप’ लाई सदाबहार मानिन्छ । खासगरी, यो मेकअप बर्थडे–एनिभर्सरी पार्टी, अफिसियल मिटिङका साथै दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ । यो मेकअपमा अनुहारलाई प्राकृतिक लुक्स दिन तैलीय प्रकृतिका सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ । 

गोलो अनुहारकी मोडलको फेसलाई चम्किलो देखाउन सर्वप्रथम अनुहारमा क्लिन्जिङ गरी हल्का मोस्चराइजर र प्राइमर प्रयोग गरिन्छ । अनुहारको अन्य भागभन्दा पहिले आँखाको मेकअप गरिने मेकअप आर्टिस्ट रीता सिलवाल बताउँछिन् । यसका लागि सबैभन्दा पहिले आइलिडमा कन्सिलर लगाएर अनुहार सुहाउँदो सेपमा आँखीभौं बनाइन्छ । अनुहार सुहाउँदो आँखीभौंलाई राउन्ड भी आकार दिइन्छ । पहिरनअनुसारको पिंक कलरको आइस्याडोमाथि हल्का पर्पल कलरको सिमर (ग्लिटर) लगाइन्छ । 

यहाँ गहुँगोरी भिजे तथा मोडल श्रेया कार्कीको बान्की परेको अनुहारमा आइलाइनरको प्रयोगले उनको आँखा झनै आकर्षक देखिएको छ । उनको आँखाको परेला (आइल्यासेस) लामो भएकाले कृत्रिम आइल्यासेस प्रयोग नगरी मस्कारा लगाइएको छ । आँखाको तल्लो भागमा गाजल लगाएर आइस्याडोले ब्लेन्ड गरिएको छ । त्यसभन्दा मुनिको भागमा पुनः कन्सिलर प्रयोग गरी फाउन्डेसन लगाइएको छ । 

अनुहारको सबै भागमा फाउन्डेसन लगाएपछि लुज पाउडर अर्थात् फेस पाउडर प्रयोग गरिएको छ । अनुहारमा क्रिज लुकाउन लुज पाउडर प्रयोग गरिएको हो । सानो र गोलो अनुहार भएकाले हल्का कन्टोरिङ गरी अनुहारलाई थोरै लाम्चो देखाइएको छ । ग्लो दिनका लागि लाइट अरेन्ज कलरको ब्लस प्रयोग गरिएको छ । उनको नाक अलि थेप्चो भएकाले यसलाई सही सेपमा ढाल्न कन्टोरिङ गरिएको हो, जसले नाकलाई परफेक्ट सेप दिएको छ । नाकको माथिल्लो भागलाई सिल्भर कलरले हाइलाइट गरिएको छ । मेकअप गर्दा आँखाको तल्लो भाग, नाकको उठेको भाग र ओठभन्दा मुनिको गहिरो भागका साथै चिउँडो र निधारमा हल्का हाइलाइट गरिएको छ । सोहीअनुरूप यहाँ हाइलाइटर प्रयोग गरी पूरै अनुहारलाई मनमोहक बनाइएको छ । 

मोडलको ठूलो ओठलाई थप सुन्दर बनाउन लाइट पिंक कलरको सेपलाइनर लगाएपछि सोही कलरको लिपिस्टिक प्रयोग गरिएको छ । अन्त्यमा मेकअप टिकाउन मेकअप फिक्सरको प्रयोग गरिएको छ । वान लेन्थ केश भएकी श्रेयाको केशलाई लुज कर्ल गरेर खुला छाडिएको छ । 

मोडल : श्रेया कार्की, भिजे, प्राइम टेलिभिजन

मेकअप : रीता सिलवाल, मेकअप आर्टिस्ट, प्लस सलुन, कमलादी

तस्बिर : महेश प्रधान

 Image