Successfully Copied

२०७९ साल वैशाख महिनाको राशिफल

मेष कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कामविशेषले कतैको यात्रा हुनसक्छ । वैदेशिक रोजगारी/अध्ययनको योग छ । सहयोगी हातहरू पछि हट्नसक्ने हुँदा काम गर्दा कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै राम्रो हुनेछ । रक्तचाप एवं मुटुका बिरामीहरूले खानपानमा सजग रहनुपर्नेछ । प्रायः सबै काम आफ्नै चाहनाबमोजिम पूरा हुँदै जानेछन् ।

मेष

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कामविशेषले कतैको यात्रा हुनसक्छ । वैदेशिक रोजगारी/अध्ययनको योग छ । सहयोगी हातहरू पछि हट्नसक्ने हुँदा काम गर्दा कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै राम्रो हुनेछ । रक्तचाप एवं मुटुका बिरामीहरूले खानपानमा सजग रहनुपर्नेछ । प्रायः सबै काम आफ्नै चाहनाबमोजिम पूरा हुँदै जानेछन् । कुनै घरायसी सामग्रीमा हेरफेर हुनसक्छ । साथीभाइसँग रमाइलो जमघट हुनसक्छ । कतैबाट कुनै कुराको लाभ हुनसक्छ । 

वृष

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर जुर्नेछ । साथीहरूसँग भेटघाट गर्ने मौका जुट्नेछ । काम गर्दा अनपेक्षित विवाद हुनसक्ने हुँदा सकेसम्म कम बोल्नु नै उपयुक्त हुनेछ । कसैबाट पनि कुनै कुराको अपेक्षा नगरी आफ्नो काम आफैं गर्दा सम्भावित अपजस टर्नसक्छ । आफ्नो अनुकूलता हेरेर प्राथमिकताअनुसारका कामहरू गर्दै गरेमा सबै कार्य सहजताका साथ सम्पन्न हुँदै जानेछन् । 

मिथुन

माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै साथीहरूसित पनि रमाइलो समय बिताउने मौका मिल्नेछ । आफ्नो इच्छानुसार किनमेल एवं घुमघाम गर्ने अवसर प्राप्त हुनेछ । कहीँ–कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । 

कर्कट

वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । माइतीपक्ष एवं साथीहरूसित रमाइलो भेटघाट गर्ने मौका जुर्नेछ । कसैकसैलाई आफ्नै विवाहोत्सवको तयारी गर्नुपर्ला । काम गर्दा विभिन्न व्यक्तित्वहरूबाट सहयोग प्राप्त हुनेछ । क्रमशः सबै काम पूरा हुँदै जानेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । आफ्नो इच्छानुसार घुमघाम र किनमेल गर्ने मौका जुर्नेछ । 

सिंह

पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक समस्या आउनसक्छ । सबै काम बेलैमा पूरा गर्न सके धपेडी हुने छैन । पूर्वयोजना बनाई काम गरे धेरै सहज हुनेछ । समसामयिक हुने/भैरहेका कुराहरूलाई सहज ढङ्गले ग्रहण गर्नसके अनावश्यक तनावबाट बच्न सकिन्छ । समयानुसार आफ्नो व्यक्तिगत कार्यका लागि केही समय छुट््याउन सके शरीर स्वस्थ रहनेछ । 

कन्या

योजनानुरूप सबै कार्य सफल हुँदै जानेछन् । कुनै विशेष कार्यमा सफलता मिल्दै जानेछ । परिवार, इष्टमित्र एवं साथीहरूबाट तपाईंको कार्यमा सक्दो सहयोग प्राप्त हुनेछ । सन्तान प्राप्तिको योग छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्रबाट पनि लाभ मिल्नेछ । कतैबाट कुनै उपहार प्राप्त हुनसक्छ । नयाँ पहिरन किन्ने एवं गरगहना जोर्ने अवसर मिल्नेछ । कसैकसैको विवाह हुनेछ । एक–अर्काको मनोभाव बुझी कार्य गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । 

तुला

सोचेअनुरूप कामले पूर्णता लिँदै जानेछन् । कुनै कामविशेषले यात्रा गर्नुपर्नेछ । पेटका बिरामीले खानपानमा सजग रहनुपर्ने बेला छ । पारिवारिक भेटघाट हुनुका साथै साथीहरूसित पनि समय बिताउने मौका मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । बोली एवं व्यवहारमा सतर्कता अपनाउनुपर्नेछ । प्राथमिकताका आधारमा समय छुट््याई काम गरेमा आकस्मिक तनावबाट बच्न सकिन्छ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । 

वृश्चिक

काम गर्ने पराक्रम बढ्नेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । आफूले गरेको सत्कार्यको सम्मान हुनेछ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हटेर जाँदा शरीर स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफ्नो जोडीले पनि उनको कार्यक्षेत्रबाट राम्रै प्रतिफल प्राप्त गर्नेछन् । कसैकसैको प्रेमसम्बन्धले यो महिनामा विवाहको मूर्तरूप लिनसक्छ । विद्यार्थीहरूले प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त गर्नेछन् । 

 

धनु

सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । आफ्नै प्रभुत्वमा सबै कार्य सम्पन्न हुनेछन् । सबैले तपाईंको चाहना बुझी सहयोग गर्नेछन् । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । तपाईंको रिस गर्ने/कुरा काट्ने व्यक्तिहरू आफैं तर्किन थाल्नेछन् । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । कसैकसैको कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कसैलाई जागिरमा सरुवा/बढुवाका कारण नयाँ ठाउँमा जानुपर्ने हुनसक्छ । कसैको विवाहको योग छ । 

 

मकर

पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा पनि जोडीबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आफन्त एवं इष्टमित्रमा कसैको विवाह हुनसक्छ । अनपेक्षित विवाद हुनसक्ने भएकाले बोल्दा एवं व्यावहारिक काम गर्दा सतर्क रहनुपर्नेछ । सकेसम्म नबोली/नगरी नहुने कुराबाहेकका कुराहरूमा अघि नसर्नु नै हितकर हुनेछ । आफूभन्दा सामुन्नेको व्यक्तिको अभिप्राय बुझी त्यसैअनुरूप तटस्थ हुँदै आफ्नो कर्तव्य पूरा गरेमा आफैंलाई सजिलो हुनेछ । 

 

कुम्भ

कुनै नयाँ ठाउँमा घुमघाम गर्न जाने मौका मिल्नेछ । जागिरको सिलसिलामा कसैको सरुवा हुनसक्छ । कसैको यो महिनामा नयाँ घर/डेरा सर्ने सम्भावना पनि छ । कतैबाट लिन बाँकी रहेको रकम फिर्ता मिल्नेछ । कुनै कुराले मनमा खुसी छाउनेछ । काम गर्ने जाँगर बढ्दा शरीर पनि स्वस्थ रहनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । पारिवारिक जमघट हुन जाँदा घरको वातावरण सुखमय हुनेछ । दाम्पत्य जीवनमा एक–अर्काबाट माया, सद्भाव र सहयोग प्राप्त हुनेछ । 

 

मीन

आफन्तबाटै धोका हुने सम्भावना भएकाले गोपनीयतामा सजग रहनुहोला । कसैसित मनका कुरा गर्दा विशेष ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइहाले पनि शान्त र धैर्य भई सल्टाउने प्रयास गर्नुहोला । महिनाको उत्तरार्द्धको समय भने केही अनुकूल रहनेछ । व्यक्तिगत कार्यका लागि समय निकाल्न पाउँदा मनमा उत्साह बढ्नेछ । बिस्तारै सबै काम पूरा हुँदै जानेछन् । कतैबाट कुनै उपहार मिल्नसक्छ । दाम्पत्य जीवनमा जोडीबाट तपाईंको सुख–दुःखको निकै ख्याल गरिनेछ । 

 Image