Successfully Copied

महिलालाई सहभागी गराए राष्ट्रको विकास हुन्छ

समाजमा जे देखिन्छ त्यो हुँदैन । हात्तीको चपाउने र खाने दाँत फरक हुन्छ भनेजस्तै समाजका पनि दुई रूप छन् । यो वर्षको नारी दिवसका हरेक कार्यक्रममा प्रायः वक्ताहरू पुरुष थिए अर्थात् महिलाका लागि आयोजना गरिएका कार्यक्रममा उनीहरूनै कम सहभागी थिए । त्यसैले दिवस मनाएर मात्र नारीको

सुनीता गाइसी

 

समाजमा जे देखिन्छ त्यो हुँदैन । हात्तीको चपाउने र खाने दाँत फरक हुन्छ भनेजस्तै समाजका पनि दुई रूप छन् । यो वर्षको नारी दिवसका हरेक कार्यक्रममा प्रायः वक्ताहरू पुरुष थिए अर्थात् महिलाका लागि आयोजना गरिएका कार्यक्रममा उनीहरूनै कम सहभागी थिए । त्यसैले दिवस मनाएर मात्र नारीको अवस्था राम्रो हुन्छ जस्तो लाग्दैन । यसका लागि त महिलालाई हरेक क्षेत्रमा समान रूपमा सहभागी हुन सचेत गराउनुर्छ । धेरैलाई सहभागी गराइएको हो तर महिलाहरूको प्रकृति नै त्यस्तै छ भनी दोष लगाउने गरेको पनि पाइन्छ । देशमा राजनीतिक परिवर्तनसँगै स्थानीय तहदेखि केन्द्रसम्म महिला सहभागितालाई जोड दिइएको छ । यो महिलाका लागि एउटा सुवर्ण अवसर हो । तर त्यसमा पनि निर्णय प्रक्रियामा महिलालाई स्वतन्त्र रूपमा आफ्ना विचार राख्न सक्ने अवस्था छैन । सदियौंदेखि पछाडि परेका वा पारिएका महिलाहरू एकैपल्ट मूलधारमा समावेश हुन सकेका छैनन् । समाजले महिलालाई सहज रूपमा आफ्नो जीवन निर्वाह गर्न सक्ने वातावरण बनाउन सकेको छैन । घरको चुलोचौको नै महिलाको संसार बनेको छ । कामकाजी महिलालाई त झनै कठिन छ । आफ्नो जागिरसँगै घरको सम्पूर्ण काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यदि घरमा महिलाले यस विषयमा चर्चा गरे–‘जागिर छोड अनि घर बस, तिम्रो कमाइले के गरेको छ’ भन्ने पुरुषहरूको पनि कमी छैन–यहाँ । अहिले पढेलेखेका पुरुषहरू जति सम्मानित पदमा पुगेपनि उनीहरूले श्रीमतीको घरायसी पीडा बुझ्न सकेका छैनन् । तर, तिनै पुरुष साथीको घरमा पुग्दासाथीकी श्रीमतीले गरेको कामको प्रशंसा गर्छन् । तर आफ्नी श्रीमतीले घरका लागि गरेको योगदानलाई बुझ्ने प्रयास गर्दैनन् । महिलाले चाहेर पनि आफ्नो स्वतन्त्रतामा आफ्नो अधिकार जमाउन सकेका छैनन् । महिलाहरू हरक्षण विभिन्न सामाजिक त्रास र बन्धनमा परेका छन् । पिजडाको सुगाले पिजडाबाहिर उड्ने सपना देखे पनि उसको दुनियाँपिजडा नै हुन्छ । नेपाली समाजमा नारीहरूले बाहिर जति नै समानता र मुक्तिका कुरा गरे पनि उनीहरू विभिन्न सामाजिक मूल्य–मान्यतामा जेलिएर बस्न बाध्य छन् । 

कतिपय विज्ञहरूले महिला पछाडि पर्नु भनेको सहभागिता हुनु वा नहुनुसँग सम्बन्धित छैन यो एक वर्गीय पक्ष हो भनी आफ्नो धारणा राख्छन् । पछिल्लो अवस्था हेर्दा–केही महिला उच्च तहमा पुगेका छन् भने उनीहरूको पृष्ठभूमि हेर्ने हो भने ती कुनै नेता, मन्त्री, सभासद, उच्च वर्गसँग सम्बन्धित रहेको पाइन्छ । उनीहरूले समानताको कुरा गरे पनि गरिब, अशिक्षित, पिछडिएका वर्गको अवस्था जहाँको तहीँ छ । यस विषयमा पनि चर्चा गर्नुपर्ने आवश्यकता छ । आधा आकाश ढाकेका महिला अँध्यारोमै बस्न बाध्य हुनु राम्रो कुरा होइन । अबको मुद्दा भनेको महिला सहभागिता मात्र नभई ती महिला कुन वर्गका हुन् भन्नेबारे अध्ययन–अनुसन्धान गरिनु जरुरी छ । 

अझै पनि धेरै महिला पछाडि परेका छन् । यस विषयमा विशेष अध्ययन गर्ने हो भने महिलाहरू महिलाकै कारणले पछाडि परेका हुन् । कारण विवाहअघि छोरीलाई नियन्त्रणमा राख्ने आमा नै हुन्छन् । उनीहरूले पनि छोरीको उज्ज्वल भविष्यकोकामना गरेका हुन्छन् । त्यसैगरी विवाहपछि फेरि सासूले बुहारीलाई वा जेठानीले देउरानीलाई नियन्त्रण गर्छन् । यी सब तथ्यलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने महिलाहरू महिलाकै कारणले पनि पछि परेका छन् । 

महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्राले मात्र रथ गुड्न सक्दैन । यसमा जहाँ, जो पछाडि परेका छन् तिनीहरूलाई मूलधारमा ल्याई अघि बढाउनुपर्छ । कुनै क्षेत्र, वर्ग वा जात नभनी सबैलाई समान रूपमा सहभागीगराई उचित अवसर एवं अधिकार दिएमा मात्र राष्ट्रको विकास हुन्छ । 

 Image