Successfully Copied

के हो बुद्धि बंगारा ?

बुद्धि बंगारा साधारणतया १७ वर्षदेखि २५ वर्षमा उम्रन्छ । यो दाँत उम्रदा धेरै मानिस वयस्क अवस्थामा पुगेर बुद्धि छिप्पिसकेका हुन्छन् । त्यसैले यसलाई बुद्धि बंगारा भनिन्छ । 

बुद्धि बंगारा साधारणतया १७ वर्षदेखि २५ वर्षमा उम्रन्छ । यो दाँत उम्रदा धेरै मानिस वयस्क अवस्थामा पुगेर बुद्धि छिप्पिसकेका हुन्छन् । त्यसैले यसलाई बुद्धि बंगारा भनिन्छ । 

सबैको बुद्धि बंगारा निस्कन्छ भन्ने छैन । कतिपयको बुद्धि बंगारा निस्किदा गिजा सुन्निएर पाक्नुका साथै मुख खोल्न पनि कठिन हुन्छ र कानसम्म पनि दुख्छ । यो समस्या हुनुको मुख्य कारण बुद्धि बंगाराका लागि मुखमा ठाउँ नपुग्नु हो । त्यसैले यी बंगाराहरू विशेषगरी तल्लो च्यापु हड्डीमा बाङ्गो निस्कने र कतिपय समयमा सँगैको बंगारामा चाप दिने खालका हुन्छन् । 

बुद्धि बंगारा निकाल्न मिल्छ ?

धेरैजसोले बुद्धि बंगारा निकाल्नु हुँदैन । यसले आँखामा असर गर्ने, कमजोर हुने र बुद्धि जान्छ भन्ने सोच्छन् । तर यी सब कुरा भ्रम हुन् । यी बंगाराहरू कुन समयमा निकाल्नुपर्ने हुन्छ भन्ने विषयमा धेरै बिरामी अन्योलमा परेका हुन्छन् । जबसम्म यी बंगाराले दुःख दिँदैनन् र दैनिक काममा बाधा पुर्‍याउँदैनन्, तबसम्म निकाल्नुपर्दैन । बंगारा हल्का सुन्निएको अवस्था छ भनेसाधारण नुनपानी अथवा माउथ वासले हप्ता दिनजति कुल्ला गर्न सकिन्छ । तर, त्यति गर्दा पनि ठीक नभएमा दन्त चिकित्सककहाँ गएर जँचाउनुपर्छ । कतिपय केसमा एक्सरे गरेर हेर्दा पनि दाँत सिधा आएको छ भने हल्का माथिको गिजा काट्दा पनि समस्याको समाधान हुन्छ । एक्सरेमा दाँत पूरै सुन्निएको अवस्था र सँगैको दाँतमा चाप दिएर आएको छ भने त्यो दाँत निकाल्दा नै वेश हुन्छ । कतिपय बिरामीले औषधि खाएर कम भयो भनी दाँत निकाल्दैनन् । त्यस्ता केसमा औषधिको असर रहुन्जेलसम्म मात्र दाँत नदुख्ने हुन्छ र फेरि पछि दुख्छ । त्यसैले पटक–पटक दाँतको पीडा सहनुभन्दा त्यस्तो अवस्थामा सर्जिकल विधिबाट दाँत निकाल्नु (उखेल्नु) नै राम्रो विकल्प हुन्छ । 

अन्य दाँतभन्दा बुद्धि बंगारा निकाल्दा अलि फरक हुने भएकाले दुई–चार दिन बिरामीलाई त्यो ठाउँमा दुख्ने र खान अप्ठ्यारो हुन्छ । तर दन्त चिकित्सकको सल्लाहबमोजिम दाँतको भाग सफा राख्न दिनको तीन–चार पटक कुल्ला गर्दा त्यति इन्फेक्सन हुने सम्भावना हुँदैन र दाँत दुख्नबाट सधैंका लागि मुक्त हुन सकिन्छ । 

(डा. रीना लुमन्ती डेन्टल क्लिनिककी सञ्चालिका हुन् ।)

 Image