Successfully Copied

गर्मीमा फलफूलको सेवन

चेरीमा पाइने खनिज र भिटामिनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा पाइने भिटामिनहरूमा ‘सी’, ‘बी–६’, ‘के’ आदि हुन् । त्यस्तै, खनिज पदार्थहरूमा म्याग्नेज, कपर, म्याग्नेसियम आदि हुन् ।

गर्मी मौसममा प्रशस्त मात्रामा फलफूल खानुपर्छ । गर्मीमा लिची, आरुबखडा, चेरी, आँप, रुखकटहर, भुइँकटहर, खरभुजा, बेल आदिको सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ । यहाँ केही फलफूलबारे जानकारी प्रस्तुत गरिएको छ :

चेरी

चेरीमा पाइने खनिज र भिटामिनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा पाइने भिटामिनहरूमा ‘सी’, ‘बी–६’, ‘के’ आदि हुन् । त्यस्तै, खनिज पदार्थहरूमा म्याग्नेज, कपर, म्याग्नेसियम आदि हुन् । यसमा एन्टिअक्सिडेन्ट, एन्थोकाइनिन्स, प्रोक्यानिडिन आदि पनि प्रशस्त मात्रामा पाइन्छन् । यी भिटामिन र खनिज तत्वहरूले शरीरका तन्तुलाई सुरक्षित राख्छन् । चेरीले क्रोनिक रोगहरूबाट सुरक्षित राख्न सहयोग गर्छ । 

आरु

आरुमा विभिन्न प्रकारको पोषक तत्व पाइन्छ । यसमा उच्च मात्रामा कपर, म्यागनेज, भिटामिन ‘बी–३’ ‘के’, र क्यारोटेनोइड, लुइटिन आदि पाइन्छन् । साथै यसमा पाइने एन्टि–एजिङ, पिग्मेन्टेसनले अनुहारका दागहरू हटाई स्वस्थ राख्छन् । मधुमेह, क्यान्सर, प्रोस्टेट क्यान्सर र आँखाको रोगबाट जोगाउँछन् । यिनले अन्य फलफूलको तुलनामा २६ गुणा बढी रोगप्रतिरोधात्मक क्षमता प्रदान गर्छन् । 

लिची

लिची स्वास्थ्यवर्द्धक फल हो । यो गुलियो, रसिलो, स्वादिलो र मीठो हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन, फाइबर, भिटामिन ‘सी’, ‘बी–६’, फस्फोरस, कपर र पोटासियम प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् । छाला र हाडलाई स्वस्थ बनाउनुका साथै लिभरलाई जोगाउँछन् । लिचीले मुटुलाई स्वस्थ बनाउन र शरीरको तौल नियन्त्रणमा सघाउँछ । 

आँप

आँपलाई फलफूलको राजा भनिन्छ । मधेश–तराईको आँप अत्यन्तै रसिलो, पोसिलो, स्वादिलो र पोषणले भरिपूर्ण हुन्छ । यसमा भिटामिन ‘ए’, ‘बी’ ‘सी’, ‘ई’ ‘के’ आदि प्रशस्त मात्रामा पाइन्छन् । आँपमा पाइने म्याग्नेसियम, कपर आदिले पाचन प्रणालीलाई बलियो बनाउँछन् । कब्जियतको समस्या भएकाहरूका लागि आँप वरदान नै हो । दैनिक तीन सय ग्राम आँप सेवन गर्दा धेरै फाइदा हुन्छ । पेटको समस्या हुनबाट जोगाउनुका साथै आमाशयलाई बलियो बनाउँछ । क्यान्सरको जोखिमलाई कम गर्नमा समेत आँपले सहयोग गर्छ । मधुमेहका रोगीले भरसक आँप खानुहुँदैन । कतिपय अवस्थामा साना एक–दुई टुक्रा खान सकिन्छ । 

 

गर्मीमा उपयोगी सलाद

- ग्रिलड जुछिनी मिक्स सलाद हो । ताजा,लामो, हरियो फर्सीमा अन्य विभिन्न खाद्यपदार्थ मिसाएर कलरफुल बनाई खान सकिन्छ । बैजनी रंगको बन्दा, टुसा उमारेको मुगी, क्वाँटी, हरियो मकै, कोसा फर्सीको बीउ एवं कागती आदि हालेर खान सकिन्छ । यो शाकाहारीका लागि राम्रो र स्वादिलो सलाद हो ।

- हरियो फर्सी, उसिनेको आलु वा ओभनमा हालेको, हरियो धनियाँ, जिरा, मरिच, सौंफ, पुदिना, सुकेका फलफूल, नटस, कागतीको जुस एवं क्रिम आदि हालेर आलुको सलाद बनाउन सकिन्छ । यो जुनसुकै उमेर समूहलाई मन पर्छ ।

- पास्तामा हरियो सिमी, आलु, मुला, गाजर, कोसा, स्वादअनुसारको मसला, हरियो धनियाँ, खुर्सानी, हरियो प्याजएवं सागपात आदि हालेर खान सकिन्छ । जति भेराइटी राख्ने हो त्यति नै पोषक तत्व बढी पाइन्छ । रंगीबिरंगी, सलाद गर्मीमा शीतलताका साथै पोषिलो पनि हुन्छ । पास्ता सलादमा चीज, अन्य सामग्री हाल्यो भने यसको क्यालोरी पनि बढी हुन जान्छ । 

- सामुद्रिक माछा ‘टुना’ मा चेरिज, प्याज, ताजा अचार, हरियो सागपात, स्यान्डवीच ब्राउन, ब्रेड र्‍याप गरेर खान सकिन्छ, साथै मायोनिजहाल्न पनि सकिन्छ । 

- हरियो प्याज, धनियाँ, लसुन, कुरिलो, टिम्मुर, सहजन, म्याक्रोनीमा हालेर पकाउन सकिन्छ । अलि नयाँ स्वाद पक्कै पनि हुन सक्छ । कम प्रोटिनका लागि चिकेन ब्रेस्ट अण्डा हाली उच्च प्रोटिन बनाएर खान सकिन्छ । 

- आलु मन नपर्ने नेपालीहरू कमै होलान् । अझ नयाँ साना मझौला आकारका आलुमा स्वादअनुसारको मसला, जिरा, मरिच, कागती, हरियो खुर्सानी, प्याज, हरियो लसुन, एभोकाडो, गोलभेंडा आदि हालेर शाकाहारीका लागि दिउँसोको स्वादिलो परिकार हुन सक्छ। 

(मीरा कीर्तिपुर बर्न अस्पतालकी पोषणविद् हुन्)

 Image