Successfully Copied

कर्न अन द चीज कप

सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा । 

सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा । 

विधि : सर्वप्रथम चुलोमा तातिरहेको प्यानमा चीज राखेर पगाल्ने । यसलाई एउटा बाबलमा राखेर कपको साइजमा ढाल्नका लागि चिसो हुन छाडिदिने । ग्यासमा अर्को प्यान बसालेर त्यसमा मकै (कर्न) लाई बोइल गर्ने । मकै राम्ररी पाकिसकेपछि बाहिर निकालेर पानी तर्काउने । अब ग्यास चुलोमा प्यान बसाली त्यसमा एक चम्चा बटर राखेर लसुनलाई हल्का फ्राई गर्ने । उसिनेको मकैलाई त्यसैमा हाली क्रिम, ब्ल्याक पिपरको धूलो र स्वादअनुसार नुन राखेर चलाउने । त्यसलाई सुरुमा बनाएको चीज कपमा हालेर साइड सलादका साथ सर्भ गर्ने । यो खाना जुनसुकै उमेरका मानिसका लागि उपयुक्त हुनुका साथै स्वादिष्ट र स्वस्थवर्द्धक छ । 

विष्णु भण्डारी

सञ्चालक, वालनट बिस्ट्रो एन्ड ब्यांक्वेट

नेपाली समुदायमा रेस्टुरेन्ट कल्चर बढ्नुको कारण के हो ?

पछिल्लो समय मानिस निकै व्यस्त हुन थालेका छन् । साथै साताभरिको कामको थकानपछि एकदिन रेस्टुरेन्टमा गएर नयाँ स्वाद चाखौं भन्ने सोचको विकासले पनि रेस्टुरेन्ट कल्चर बढेको हो । यसैगरी, मानिसहरू प्रोफेसनल भएका कारण खर्च गर्ने क्षमता बढेजस्तो लाग्छ ।

नेपालीहरू कस्ता परिकार बढी मन पराउँछन् ?

नेपालमा जापनिज, चाइनिज, कोरियन, मेक्सिकनलगायतका थुप्रै प्रकारका स्वाद उपलब्ध छन् । यसले खानपानमा विविधता थपेको छ । युवापुस्ता पिज्जा, बर्गर, स्यान्डबीचजस्ता खाना मन पराउँछन् । वयस्कहरू नेपाली खानामै फ्युजन गरी सिर्जना गरेका स्वादिष्ट परिकार बढी रुचाउँछन्, जुन स्वाद र स्वास्थ्य दुवैका लागि लाभदायक छन् । 

हाम्रो मौलिक खानाको प्रवर्द्धनका लागि के गर्न जरुरी देख्नुहुन्छ ?

सरकारी तहबाट अन्तर्राष्ट्रिय फुड फेस्टिभल गर्ने, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत यस्ता खानाको प्रचार–प्रसार गर्दा हाम्रा मौलिक स्वाद अन्तर्राष्ट्रियकरण हुन गाह्रो छैन । 

यस क्षेत्रमा सुधार गर्नुपर्ने केही देख्नुभएको छ कि ?

स्वाद, सन्तुष्टि र सरसफाइ (हाइजिन) यी तीन तत्व व्यावसायमा हुनैपर्छ । खानालाई कसरी स्वस्थबर्द्धक बनाउने, जसले स्वाद र स्वास्थ्य दुवैलाई सन्तुलनमा राखोस् भन्नेतर्फ बढी केन्द्रित हुनुपर्ने देखिन्छ ।

 Image