Successfully Copied

पासाङ ल्हामु प्रतिष्ठानद्वारा छात्रवृत्ति

पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । पासाङ ल्हामुको २९ औं स्मृति दिवसमा स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत १० विद्यार्थीलाई ‘टेन्डी शेर्पा छात्रवृत्ति’ प्रदान गरेकी हुन् ।

पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । पासाङ ल्हामुको २९ औं स्मृति दिवसमा स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत १० विद्यार्थीलाई ‘टेन्डी शेर्पा छात्रवृत्ति’ प्रदान गरेकी हुन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाको स्मृतिमा सन् १९९३ मा प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रतिष्ठानले उच्च हिमाली तथा हिमाली क्षेत्रका महिला र बालबालिकाको क्षमता, शैक्षिक तथा स्वास्थ्यस्तर अभिवृद्धि, पर्वतीय पर्यटन प्रवद्र्धन एवं पर्वतारोही तथा तिनका परिवारका सदस्यलाई सहयोग गर्दै आएको छ । पासाङ ल्हामु शेर्पाले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरेर फर्कने क्रममा हिमपहिरोमा परी उनको निधन भएको थियो । सरकारले उनलाई २०५९ वैशाख १० गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । पासाङको सम्झनामा हुलाक टिकटसमेत प्रकाशित भएको छ ।

 Image