Successfully Copied

गर्मीमा मोक्टेल

विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।

हेल्लो हाइ्रडेसन

सामग्री :

९० ग्राम फ्रेस एप्पल, ६० ग्राम माल्टा ओरेञ्ज, ४८ ग्राम पालुंगो

३० मिलिलिटर मह, ९० मिलिलिटर पानी, १० मिलिलिटर कागतीको रस 

विधि :

सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि एप्पल मुनले गार्निस गर्ने । गर्मीका लागि निकै उपयुक्त र स्वस्थ पेय अब सर्भ गर्नका लागि तयार भयो । 

 

मकमोसा 

सामग्री :

९१ ग्राम माल्टा ओरेन्ज

९० मिलिलिटर स्प्राइट 

१ अदुवा

५ मिलिलिटर सुगर सिरप

५ मिलिलिटर कागतीको रस 

थोरै पानी 

विधि :

माथि उल्लिखित सम्पूर्ण सामग्रीलाई ब्लेन्डरमा हाल्ने । राम्ररी ब्लेन्ड भइसकेपछि वाइन ग्लासमा खन्याउने । यसलाई ग्लासको माथिबाट साइडमा ओरेन्ज मुनले गार्निस गर्ने । गर्मीका लागि मीठो र स्वस्थकर यो पेय पदार्थले शरीरमा मिनरल्स प्रदान गर्नुका साथै सिट्रसको मात्रा पनि बढाउँछ ।

बबल ब्लिट्ज 

सामग्री :    

१२० ग्राम फ्रेस पाइनापल 

२ चिम्टी टिम्मुर 

९० मिलिलिटर स्प्राइट

५ देखि ७ मिलिलिटर सुगर जुस 

५ मिलिलिटर कागतीको रस 

विधि :

तयार पारिएका सबै सामग्रीलाई ब्लेन्डरमा हालेर ब्लेन्ड गर्ने । सबै सामग्री राम्ररी ब्लेन्ड भइसकेपछि यसलाई वाइन ग्लासमा हाल्ने । यसलाई ग्लासको साइडमा पाइनापलले गार्निस गर्ने । गर्मीमा निकै मन पराइएको यो पेय पदार्थले शरीरलाई डिहाइड्रेड राख्न मद्दत पुर्‍याउँछ । साथै स्वास्थ्यका 

दृष्टिकोणले पनि यो पेय निकै लाभकारी छ । 

लिभर बुस्टर 

सामग्री :    

९० ग्राम फ्रेस चुकन्दर (बिटरुट) 

६ ग्राम धनियाँ पत्ता 

अत्यन्तै सानो टुक्रा डल्ले खुर्सानी 

एक चिम्टी भुटेको जिराको धूलो 

२० मिलिलिटर मह

२० मिलिलिटर कागतीको जुस 

थोरै पानी 

विधि :

सफा पारेर धोएको ब्लेन्डरमा माथि उल्लिखित सम्पूर्ण सामग्री हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई वाइन ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि हार्ट सेपमा कटिङ गरिएको बिटरुटले गार्निस गर्ने । गर्मी मौसममा स्वास्थ्यका लागि निकै फलदायी यो पेय अब सर्भ गर्नका लागि तयार छ । स्वास्थ्यवर्द्धक यो पेय पदार्थले लिभर र किड्नीलाई राम्रो गर्छ । 

 

 Image