ह्यात प्लेस काठमाडौं
जेष्ठ १८, २०७९ सन् २०२१ मा नेपालमा सुरु भएको यो पाँचतारे ह्यात होटल कर्पोरेसनको अन्तर्राष्ट्रिय चेन हो । यहाँ उपलब्ध १५३ वटा लक्जरियस रुममध्ये सात वटा टेरेस रुम र तीन वटा स्विट रुम छन् । दुई वटा रेस्टुरेन्ट आउटलेट, एउटा बार, चार वटा इभेन्ट हल, जिम हल, स्वीमिङ पुललगायतका सुविधा रहेको यहाँ अन्डरग्राउन्ड पार्किङको सुविधा छ । नेपाली, भारतीय, इटालेली, र एशियाली गरी चार प्रकारका कुजिन पाइने यो होटलमा ब्रान्ड स्ट्यान्डर्ड मेन्टेन गरिएको छ । यहाँस्थित आउटडोर स्वीमिङ पुलले गर्मीमा ग्राहकलाई तान्ने गरेको छ । २५ वर्षदेखि ४५ वर्षसम्मका ग्राहक लक्षित ह्यात प्लेसमा आन्तरिक ग्राहकको भीड देखिन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय पर्यटक भने आवासकै लागि बढी आउने गरेका छन् । नेपालकै पहिलो जनावारमैत्री यो होटलमा ग्राहकले घरपालुवा जनावर आफूसँगै लिएर आउन पाउँछन् । विभिन्न सुविधासहित गुणस्तरीय सेवा प्रदान गर्ने यो होटल उपयुक्त लोकेसनमा छ ।
लोकेसन : सोल्टिमोड, ताहाचलविशेषता : जनावारमैत्री होटल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्