Successfully Copied

गर्मीमा यी मसला कम गरौं

मसलाले खानालाई स्वादिलो र वासनादार बनाउँछ । साथै स्वास्थ्यका लागि पनि यो फाइदाजनक मानिन्छ । स्वास्थ्यलाई फाइदा गर्दैमा जुनसुकै बेला यसको प्रयोग गर्दा हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।

मसलाले खानालाई स्वादिलो र वासनादार बनाउँछ । साथै स्वास्थ्यका लागि पनि यो फाइदाजनक मानिन्छ । स्वास्थ्यलाई फाइदा गर्दैमा जुनसुकै बेला यसको प्रयोग गर्दा हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ । मसलाको प्रयोग कतिमात्रामा गर्ने भन्ने कुरा मौसममा भर पर्छ । गर्मीमा मसलाको प्रयोग एकदमै कम गर्नुपर्छ । मसलाले शरीरमा थप गर्मी बनाउने भएकाले जाडोको तुलनामा यसको प्रयोग कम गर्नुपर्छ । गर्मीमा कुन–कुन मसलाको प्रयोग कम गर्नुपर्छ ?

बेसार

गर्मीमा बेसारको धेरै प्रयोग गरे महिनावारीमा समस्या आउन सक्छ । यसले महिनावारी चाँडो हुने र महिनावारीको समयमा धेरै रगत बग्ने समस्या हुन्छ । गर्भवतीले पनि धेरै बेसार प्रयोग गर्नु हुँदैन । यसले गर्भाशय संकुचन बढी हुन सक्छ । साथै छाती पोल्ने समस्या हुन सक्छ । 

तुलसी

तुलसी औषधीय गुणले भरिपूर्ण हुन्छ । यसले रुघाखोकी, ज्वरो, भाइरल संक्रमणसँग लड्न सहयोग गर्छ । तर गर्मीमा यसको सेवन धेरै गर्नाले उच्च रक्तचापको कारण बन्न सक्छ । साथै यसले फर्टिलिटीलाई प्रभावित पार्न सक्छ, जसले गर्भधारणमा समस्या निम्त्याउन सक्छ । 

दालचिनी

दालचिनीको बढी प्रयोगले घाँटी, पेट तथा छालामा समस्या ल्याउन सक्छ । कसैमा पाइल्सको समस्या छ भने रगत बग्न सक्छ । यसका साथै यसको बढी सेवनले नाकबाट रगत बग्ने समस्या आउन सक्छ । लो ब्लड सुगर भएकाहरूले यसको सेवन गर्दा लेभल अझ कम गराउन सक्छ । जसले चक्कर आउनुका साथै थकान महसुस गराउँछ । 

मरिच

कसैमा ब्लड क्लटिङको समस्या वा रगत पातलो बनाउने समस्या भए मरिचले थप समस्या पैदा गराउँछ । गर्मीमा यसको बढी सेवनले छाती पोल्ने वा एसीडीटीको समस्या आउन सक्छ ।

हिङ

गर्भवती महिलाले गर्मीमा हिङको बढी सेवन गरे गर्भपात हुनसक्छ । यसले गर्भाशयमा संकुचन पैदा गर्ने र रगत बग्ने समस्या निम्त्याउन सक्छ । कतिपयलाई छालामा समस्या आउन सक्छ । 

 Image