Successfully Copied

‘ब्याग र घडीमा बढी खर्च’ 

म प्रायः ‘सेमी–फर्मल’ पहिरन बढी लगाउँछु । यस्ता पहिरनले ‘डिसेन्ट’, ‘स्मार्ट’ देखाउँछ । साडी मलाई एकदमै मनपर्छ ।

दीक्षा केसी ‘मिसेस नेपाल वर्ल्ड–२०२१’ की विजेता हुन् । उनी यही वर्षको डिसेम्बरमा अमेरिकामा हुन लागेको ‘मिसेस वर्ल्ड’ मा सहभागी हुँदैछिन् । उनको पहिरन शैलीबारे यहाँ चर्चा गरिएको छ ।

पहिरन

म प्रायः ‘सेमी–फर्मल’ पहिरन बढी लगाउँछु । यस्ता पहिरनले ‘डिसेन्ट’, ‘स्मार्ट’ देखाउँछ । साडी मलाई एकदमै मनपर्छ । विवाह एवं भोजमा जाँदा प्रायः म साडी नै लगाउँछु । मन्दिर जाँदा वा पूजामा जानुपरे म कुर्ता नै रोज्छु । घुम्न निस्कँदा जिन्स र टिसर्ट लगाउँछु । 

फुटवेयर

मलाई ‘हाई हिल’ मनपर्छ । म प्रायः पहिरनसँग रंगको संयोजन मिलाएर हिलको छनोट गर्छु । ‘हाई हिल’ खरिद गर्दा ‘डिजाइन’ फरक होस् भन्ने ख्याल राख्छु । सहजताका लागि भने ‘फ्ल्याट’ चप्पल लगाउँछु । 

मेकअप

मलाई मेकअपमा एकदमै रुचि छ । मेकअप धेरै नगरे पनि मेकअपका सामग्री ‘कलेक्सन’ गर्न मन पराउँछु । मसँग मेकअपको राम्रै ‘कलेक्सन’ छ । गाजल र लिपिस्टिक प्रायः छुटाउँदिन । 

एसेसरिज

मलाई ब्याग र घडी मनपर्छ । यसमा म धेरै पैसा खर्च गर्छु । यी सामान खरिद गर्दा ब्रान्डेड नै हुनुपर्छ भन्ने छैन । मनपर्‍यो भने किनिहाल्छु ।

 

 Image