Successfully Copied

प्रदर्शनीमा सजावट सामग्री 

काठमाडौंमा हालै घरायसी सजावटका सामग्रीहरूको प्रदर्शनी सम्पन्न भयो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा परालका गुन्द्री र मकैका खोस्टाका चकटीलगायतका सामग्री राखिएको थियो ।

काठमाडौंमा हालै घरायसी सजावटका सामग्रीहरूको प्रदर्शनी सम्पन्न भयो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा परालका गुन्द्री र मकैका खोस्टाका चकटीलगायतका सामग्री राखिएको थियो । यी घरायसी सामग्रीहरू पछिल्लो समय लोपोन्मुख छन् । यसले स्थानीय स्रोत–साधन, पुर्खाको सीपसमेत लोप हुने स्थितिमा पुगेको छ । प्रदर्शनीमा नट क्राफ्ट अर्थात् ‘गाँठो’ कलासँग सम्बन्धित सीपहरू देखाइएको थियो । धागोले गाँठो बनाउँदै बुनेर बनाइने एक कला हो, ‘नट क्राफ्ट’ । 
‘नेपाल नट क्राफ्ट’ संस्थाले यो कला सुरु गरेको हो । 
‘दैनिक जीवनमा प्रयोग भइरहेका सामग्री केवल वस्तु मात्र रहेनछन् । यी त हाम्रा पुर्खाका शिल्प अनि कला रहेछन्’ आर्ट ग्यालरीमा भेटिएकी श्यामवदन श्रेष्ठले भनिन्, ‘स्वदेशी स्रोत र साधनको प्रयोग मात्र होइन उनीहरूको शिल्प र हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ ‘नेपाल नट क्राफ्ट’ र काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्टको सयुंक्त रूपमा उक्त प्रदर्शनी आयोजना गरिएको थियो ।

 Image