Successfully Copied

कान्समा सुरक्षा शैली

फ्रान्सको कान्समा हालै आयोजित ‘कान्स फिल्म फेस्टिभल’ को ७५ औं संस्करणको ‘रेडकार्पेट’ मा पहिलो पटक नेपाली अभिनेतृ उत्रिन सफल भइन् । अभिनेतृ सुरक्षा पन्तले उक्त मौका पाएकी हुन् । उनी अभिनीत ‘द एट् माउन्टेन्स्’ अन्तर्राष्ट्रिय चलचित्रलाई ‘फेस्टिभलमा प्रिमियर’ गरिएको थियो ।

फ्रान्सको कान्समा हालै आयोजित ‘कान्स फिल्म फेस्टिभल’ को ७५ औं संस्करणको ‘रेडकार्पेट’ मा पहिलो पटक नेपाली अभिनेतृ उत्रिन सफल भइन् । अभिनेतृ सुरक्षा पन्तले उक्त मौका पाएकी हुन् । उनी अभिनीत ‘द एट् माउन्टेन्स्’ अन्तर्राष्ट्रिय चलचित्रलाई ‘फेस्टिभलमा प्रिमियर’ गरिएको थियो । ‘फेस्टिभल’ मा नेपालको राष्ट्रिय झण्डामा रहेको मुख्य रातो रंगको ‘फुल लेन्थ गाउन’मा नेपालको संघीय व्यवस्था इंगित गर्दै सात प्रदेशलाई जनाउने सात वटै ‘प्लिट्स’ प्रयोग गरिएको थियो । उक्त पहिरनको माथिल्लो भागमा भने फूलको स्वरूपमा आकर्षक शैली प्रदर्शन गरिएको थियो । उक्त पहिरन ‘फेसन डिजाइनर’ तेन्जिन छितेन भुटियाले तयार पारेका थिए । 

‘फेस्टिभल’ मा ‘हलिउड’ की चर्चित अभिनेतृ एनी हाथवे ‘अरमानी प्राइभ’ को ‘डिजाइन’ पहिरिएर ‘रेड कार्पेट’मा उत्रिएकी थिइन् । उनी सेतो रंगको ‘लाइट सिमर’ भएको ‘ब्यान्डेउ’ र ‘कोलम स्कर्ट’ को जोडामा प्रस्तुत भएकी थिइन् । साथमा बो ‘सेप्ड स्टोल’ को उनको ‘लुक’ लाई पूर्णता प्रदान गरिएको थियो । ‘नेचुरल मेकअप’ र ‘बलगरी सफायर नेकलेस’ ले उनको सुन्दरतामा थप निखार संचार गरेको थियो । 

चर्चित अमेरिकी मोडल बेला हाडिड भने १९८७ ताका लोकप्रिय बनेको ‘भिन्टेस भर्साची गाउन’ मा देखिएकी थिइन् । कान्सको ‘रेड कार्पेट’ को आकर्षण पहिरन शैलीमा ‘फिगर हगिङ मर्मेड सिलहुट’ अन्तर्गतको ‘स्ट्रेपलेस ड्रेस’ थियो जसमा भेल्भेट स्कर्ट बटम वेयरका रूपमा थियो । पहिरनमा ‘हिप लाइनमा ड्रेप्ड डिटेलिङ’ थियो भने पहिरनको पछाडिको भागमा ‘ड्रामाटिक बोको’ आकर्षण रहेको थियो । यो ‘लुक’ लाई पूर्णता प्रदान गर्नका लागि ‘ग्लिटरिङ चोपार्ड इयररिङ’ को प्रयोग गरिएको थियो । 

अमेरिकी‘फेसन मोडल’ सु जु पार्कले पनि ‘कान्स फिल्म फेस्टिभल’ को ‘रेड कार्पेट’ को शोभा बढाएकी थिइन् । ‘डिजाइनर’ नेन्सी डोजाकाको ‘आइभरी ड्रेस’ मा देखिएकी उनको पहिरन शैली झन्डै ‘लान्जरी स्टाइल’ को थियो जसमा ‘डिजाइनर’ को ‘सिग्नेचर सार्टोरियल हलमार्क’, ‘स्ट्रेपिनेस स्टाइल’ तथा ‘डायफोनस स्कर्ट’ ले धेरैको ध्यान आकृष्ट गरेको देखिन्थ्यो । 

जर्मन एवं अमेरिकी अभिनेतृ तथा मोडल डायनी क्रुगरको‘कान्स रेड कार्पेट लुक भोल्युमनस पफबल स्कर्ट’ सहितको ‘हल्टरनेक ओस्कार डे’ ले ‘रेन्टा गाउन’ मा समाहित रहेको थियो । 

यो वर्षको ‘फेस्टिभल’ को ‘अफिसियल जुरी’ मध्येका एक बलिउड अभिनेतृ दीपिका पाडुकोनको ‘रेड कार्पेट’ मा उपस्थिति पनि विशिष्ट रह्यो । कान्सको समापन समारोहमा उनको पहिरनले धेरैको मन लोभ्यायो । सेतो रंगको ‘रफल्ड’ साडीमा उनको सौन्दर्य मनमोहक देखिन्थ्यो । साडी सुहाउँदो सुन्दर देखिएको ‘पर्ल इन्क्रस्टेड कोलर नेकपिस’ को प्रयोगले उनको व्यक्तित्वमा थप विशेषता संचार गरेको भान हुन्थ्यो । 

‘फिटेड बालेन्सियागा ड्रेस’ मा देखिएकी ६९ वर्षीया फ्रेन्च अभिनेतृ इसाबेल हप्पर्टको ‘फेसन स्टाइल’ मा ‘ब्युल्ट इन् स्टाइल ग्लोब्स’, ‘बुट लेगिङ’ तथा ‘हिप हाई स्प्लिट’ को विशेष आकर्षण थियो । ‘डार्क थिक रिम्ड सनग्लासेस्’ उनको ‘लुक’ को अर्को अभिन्न पाटो बनेको थियो ।

इङ्ग्लिस अभिनेतृ लसाना लिन्चको आवरण पनि कान्सको ‘रेड कार्पेट’ माहौल हेर्न लायक रह्यो । उनी ‘फेन्डी’ को सेतो रंगको ‘गाउन’ मा देखा परिन् । ‘हाई नेक्ड ड्रेस लेस प्याटर्न’, ‘साइड स्प्लिट्स’ र उनको हात ‘कोइल्ड’ गरिएको ‘ग्लिस्टनिङ रिबन’, ‘चोपार्ड स्टेटमेन्ट इयररिङ’ले उनको व्यक्तित्वमा अझ निखार संचार गरेको थियो । 

उदाउँदै गरेकी अस्ट्रेलियाली अभिनेतृ क्याथरिन लाङफोर्डको उपस्थिति पनि यस पटकको कान्स सम्झिन लायकको रह्यो । ‘सिल्भर सिक्वेन्स’बाट ‘कभर’ गरिएको ‘प्राडाको ग्लिटरिङ ड्रेस’ को पछाडिको भागमा लोभलाग्दो ‘स्कल्पचुरल हाफबो डिटेल’ थियो, जुन ‘डबल ट्रेन’ का रूपमा ‘लुप्ड डाउन’ भएको देखिन्थ्यो । 

अफ्रिकी–अमेरिकी अभिनेतृ भियोला डेभिस कान्सको अर्को आकर्षण बन्न पुगिन् । उनी ‘सनसाइन एलो अलेक्जाडर माक्विन गाउन’ मा देखिएकी थिइन् । ‘कोर्सेटेड अफ द सोल्डर ड्रेस’मा ‘रफल्ड नेकलाइन’ र ‘फुल प्लिटेड स्कर्ट’ मनमोहक देखिन्थ्यो । ‘कलरफुल बाउचेरन ज्वेलरी’ले उनको ‘लुक’लाई पूर्णता प्रदान गरेको थियो ।

इटालेली फ्रेन्च गायिका एवं ‘फेसन मोडल’ कार्ला ब्रुनीको आवरण पनि कान्स परिवेशको अर्को आकर्षण थियो । उनले ‘सफ्ट स्पार्कलिङ लिलाक सेलिन ड्रेस’ पहिरिएकी थिइन्, जसमा ‘स्पेगेटी स्ट्राप्स’ तथा ‘काउल नेकलाइन’को सुन्दर संयोजन थियो । ‘कलर कम्प्लिमेन्टिङ बलगरी ज्वेलरी’को उपयोगितामा उनले आफ्नो लामो केशलाई व्यवस्थित रूपमा खुल्ला छोडेकी थिइन् । 

‘भिक्टोरियाज् सिक्रेट एन्जेल’ समेत रहिसकेकी स्वीडिस मोडल एना सोफी होस्कको ‘बोल्ड’ अवतार ‘फेस्टिभल’ को ‘रेड कार्पेट मुड’ मा निकै चर्चाको विषय बन्यो । ‘ एना बटरफ्लाई नेकलाइन’ भएको ‘पिन्क कलर’को ‘स्ट्रेपलेस गाउन’ मा देखिएकी थिइन् । 

एजेन्सीको सहयोगमा

 Image