लुम्बिनीमा जमघट
असार १२, २०७९ कोरोनाको डर हटेपछि बुद्धजयन्ती मनाउन लुम्बिनीमा ठूलो भीड लाग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि झनै उल्लास थपियो । यो वर्षको २५६६ औं बुद्धजयन्ती मनाउन लुम्बिनीमा भिक्षु, लामागुरु र उपासक–उपासिकाहरूको पनि बाक्लै उपस्थिति रह्यो । त्यही समूहमा गुरुमा, आनी र ऋषिनीहरूसमेत मिसिए ।
बुद्धको जन्म, मृत्यु, ज्ञान प्राप्ति एकै दिन वैशाख पूर्णिमामा भएकाले अनुयायी गुरुमा, आनी र ऋषिनी बुद्धजयन्ती मनाउनसक्रिय हुन्छन् । यो वर्ष तीन दिनसम्म मनाइएको बुद्धजयन्तीमा बिहानदेखि साँझसम्म उनीहरूको व्यस्तता थियो ।‘दुई वर्ष देशव्यापी निषेधाज्ञाका कारण बुद्धजयन्ती मनाउन पाइएन,’ अन्तर्राष्ट्रिय गौतमी भिक्षुणी विहार प्रमुख खमेसी गुरुमाले भनिन्, ‘यस पटक खुला वातावरणमा बुद्धजयन्ती मनाएर पुण्य संचय गर्यौं । शान्तिभूमिबाट संसारभर भाइरस संक्रमण छिटो समाप्त होस् भनेर कामना पनि गर्यौं ।’
बुद्धजयन्तीका दिन मायादेवी मन्दिरमा थेरवादी र महायानी परम्पराअनुसार मंगल कामना गरियो । बेलुका पुष्करणी पोखरीमा २५६६ वटा दीप प्रज्ज्वलन गरिएको थियो । दिउँसो भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाआजा र दीप प्रज्ज्वलन गरेका थिए । त्यहीँ उनले रोप्न पठाएको बोधी वृक्षमा पानी हालेका थिए । साँझ मायादेवी मन्दिर र पुष्करणी पोखरीमा दीपावली गरिएको थियो ।
- तस्बिरः मनोज पौडेल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्