Successfully Copied

‘रामायण र स्वस्थानी सुनेर अक्षर चिनें’

काठमाडौंको डिल्लीबजारमा ८१ वर्षअघि डा. रीता थापाको जन्म भएको हो । उनका दाजु र भाइले सानैमा विद्यालय जाने मौका पाएपनि उनले १० वर्षसम्म छोरी भएकै कारण घरमा रामायण सुनेर बस्नुप¥यो । उनका बुवा आर्मीबाट रिटायर्ड लेफ्टिनेन्ट र आमा गृहिणी थिए । छोरीलाई पढाउनुपर्छ

डा. रीता थापा, जनस्वास्थ्य विज्ञ

काठमाडौंको डिल्लीबजारमा ८१ वर्षअघि डा. रीता थापाको जन्म भएको हो । उनका दाजु र भाइले सानैमा विद्यालय जाने मौका पाएपनि उनले १० वर्षसम्म छोरी भएकै कारण घरमा रामायण सुनेर बस्नुप¥यो । उनका बुवा आर्मीबाट रिटायर्ड लेफ्टिनेन्ट र आमा गृहिणी थिए । छोरीलाई पढाउनुपर्छ भन्ने सोच आमाबुवालाई भएपनि समाज बाधक थियो । त्यसैले घरमै स्वस्थानी र रामायणका कथा सुनेर अक्षर चिनिन् । २००७ मा प्रजातन्त्रको उदयपछि मात्र उनी कक्षा चारमा काठमाडौंकै डिल्लीबजार कन्या स्कुलमा भर्ना भइन् । स्कुल जानु भनेको ‘अब आकाश पनि छुन सक्छु’ भन्ने उत्साह आएको उनी नोस्टाल्जिक हुँदै सुनाउँछिन् । पूर्वराजूदत भेषबहादुर थापाकी श्रीमती रीताका तीन सन्तानमध्ये दुई सन्तान भाष्कर र तेजश्री थापाको केही वर्षअघि मृत्यु भयो । लेखक मञ्जुश्री थापा उनकी कान्छी छोरी हुन् । सन्तान वियोगको पीडा भोगिसकेकी जनस्वास्थ्य विज्ञ रीतासँग उनको शिक्षा, विवाह र रुचिलगायतका विषयमा गरिएको संवादको सम्पादित अंश ः

तपाईंको शिक्षाबारे बताइदिनुस् न ।

म २००७ सालपछि मात्र स्कुल जान पाएँ । डिल्लीबज्ँँरस्थित कन्या स्कुलबाट एसएलसी उत्तीर्ण भएँ । त्यसपछि त्रिचन्द्र कलेजमा विज्ञान विषय पढ्ने इच्छा भएपनि त्यसताका पुरुष पढ्ने कलेजमा पढेमा छोरीको विवाह कहिल्यै हुँदैन भन्ने पित्तृसत्तात्मक सोच थियो । भारत विहारस्थित ‘पटना वुमन्स कलेज’बाट आइएस्सी उत्तीर्ण गरें । त्यसपछि ‘कोलम्बो प्लान’ अन्तर्गत छात्रवृत्ति पाएर लखनउस्थित ‘किङ जज मेडिकल कलेज’बाट एमबीबीएस उत्तीर्ण गरें ।

विवाह कहिले भयो ?

भेषबहादुर थापासँग ६० वर्षअघि विवाह भयो । उहाँ मेरो ब्याडमिन्टनको फ्यान हुनुभएकाले उहाँकै घरबाट विवाहको प्रस्ताव आयो ।

ब्याडमिन्टनमा तपार्इंको रुचिबारे भनिदिनुस् न ?

म स्कुल जान थालेपछि यो खेलप्रति आकर्षित भएँ । बिहान छबजेपछि पुरुष खेल्न आउने भएकाले पाँच बजे नै खेल्न जानुपथ्र्यो । केटीहरूले पनि पढ्ने कानुनी प्रावधान आएपछि नै स्कुल जाने र खेल्न सुरु गरेकी हुँ । म नेपालकै प्रथम महिला ब्याडमिन्टन च्याम्पियन भएकीले खेल इतिहासमा मेरो नाम स्वर्ण अक्षरमा लेखिएको छ ।

जनस्वास्थ्यमा कामको सुरुवात कसरी भयो ?

लखनउमा एमबीबीएस पूरा गरेपछि थापाथलीस्थित परोपकार प्रसूति गृहमा ‘जेनेरल डाक्टर’बाट मेरो काम सुरु भयो । आँखा रोग विशेषज्ञ (अप्थ्यालोमोजी) बन्ने इच्छा थियो । त्यो विषयमा धेरै नम्बर पनि आएको थियो । त्यसताका नेपाली महिलाको स्वास्थ्य कमजोर थियो । शरीरमा रगत नहुने, धेरै गाह्रो भएपछि मात्र अस्पताल आउँथे । एकजना बिरामी महिलालाई ‘सधै गर्भवती किन हुने?’ भनेर सोध्दा ‘महिलाले विवाह गरेपछि लोग्नेले जे भन्छ त्यही गर्छौ’ भनेर जवाफ फर्काएकी थिइन् । त्यसपछि महिलामा लैंगिक अशक्तीकरण कति रहेछ भनेर मेरो आँखा खुल्यो । महिलालाई अकाल मृत्यु हुनबाट रोक्नुपर्छ भनेर जनस्वास्थ्यमा लागें ।

जनस्वास्थ्यमा काम गर्दा महिलाको स्वास्थ्य स्थिति कस्तो पाउनुभयो ?

सबै ठाउँमा गए पनि उत्तरी भेगमा गएकी छैन । जहाँ गएँ त्यहाँ महिलाको स्वास्थ्य दयनीय थियो । महिलाहरूले आफूलाई परेको स्वास्थ्य समस्या भन्दैनथे । हाम्रो भाग्य यस्तै हो भन्थे । परिवार नियोजन, प्रजनन स्वास्थ्यबारे संवेदनशील कुरा गर्दा बोल्दैनथे ।

तपाईंको कार्यकालमा नुन–चिनी–पानीको अवधारणा कसरी आयो ?

इलाममा परिवार नियोजन र मातृ शिशु क्लिनिक स्थापना गर्न जाँदा जीवनजल भन्ने थाहै थिएन । झाडापखाला लाग्दा झोल कुरा  खानुहुँदैन भन्ने मान्यता त्यो समाजमा थियो । सन् १९६८ को कुरा हो, हेल्थ पोस्टमा बास बसेको बेला राति एक जना अभिभावकले मेरो बच्चालाई धेरैपटक दिसा लाग्यो भन्दै आएका थिए । आमाको काखमा त्यो बच्चा सेन्सलेसजस्तै थियो । त्यसलाई डिहाइड्रेसन भएको रहेछ । त्यसताका झाडापखालाबाट धेरैको मृत्यु हुन्थ्यो । डाक्टरले केही गर्नुपर्छ भन्ने सोच ममा आयो । अस्पतालमा स्लाइनपानी दिने चलन मात्रै थियो । सहयोगीको साथमा मैले चार गिलास पानी तताएँ, त्यसमा एक अञ्जुली चिनी र एक चिम्टी नुन राख्यांै । सेलाएपछि बिस्तारै–बिस्तारै खान दिनू भनें । रातभर निद्रा लागेन । बच्चामा सुधार होला÷नहोला भनेर चिन्तित थिए“ । बिहान उठ्दा त चमत्कार भएछ । आमाको काखमा बच्चा खेलिरहेको थियो । त्यसपछि अफिसमा आएर अब झाडापखालाको उपचार यही हो भनें । रेडियो नेपालबाट प्रचार ग¥यौं, नुन–चिनी–पानी । त्यही बेलामा यसको अवधारणा आएको हो ।

कामको सिलसिलामा धेरै जनाको ज्यान बचाउनुभएकोमा कस्तो महसुस हुन्छ ?

रिवार्डेड महसुस हुन्छ । सामुदायिक क्लिनिक खोल्दा राम्रो प्रतिक्रिया आयो । प्राइमरी हेल्थ केयर राख्ने, त्यसको चिफ पनि भएँ । महिला सामुदायिक स्वास्थ्य सेविकाको सुरुवात देशव्यापी भयो । माओवादी द्वन्द्वकालको डेटा हेर्दा त्यसताका परिवार नियोजनका साधन अपनाउने बढेको र मातृ मृत्युदर, बाल मृत्युदर घटेको पायौं । म सरप्राइज भएँ र रिवार्डेड महसुस गरें । जबकी गर्भवती जचाउन आउने १८ प्रतिशत मात्र थिए । सामुदायिक स्वास्थ्य स्वयंसेविकाका कारण यो सम्भव भएको जस्तो लाग्यो । हरेक वडामा स्वास्थ्य सेविका हुन्थे । उनले निमोनियाँ पनि पहिचान गर्न सक्थे । नेपालमा मातृ मृत्यु घट्नु र परिवार नियोजनको सेवा बढ्नु ठूलो कुरा हो । पहिले यो सबै कुरा जिरो थियो ।

सरकारी सेवामा कति वर्ष काम गर्नुभयो ?

१९ वर्ष काम गरें । रिटायर्ड हुने बेलामा श्रीमान् राजदूत भएकाले अध्ययन बिदामा गएकी थिएँ । बिदा स्वीकृत भएन, राजीनामा दिएँ । त्यसपछि विश्व स्वास्थ्य संगठनमा १५ वर्ष काम गरें ।

कामको सिलसिलामा धेरै जिल्लामा जानुभयो, महिलाको स्थिति कस्तो पाउनुभयो ?

पहिलेको भन्दा धेरै परिवर्तन भएको छ । पहिले तालिम गराउँदा बोल्दैनथे । अहिले दोहोरो रूपमा बोल्छन्, यो सकारात्मक पक्ष हो ।

महिला विश्वासयोग्य कसरी बन्ने ?

महिलाले ‘म महिला मात्र हुँ, मलाई मात्र हुनुपर्छ’ भन्ने होइन, काम गरेर देखाउनुप¥यो । आफ्नो कामप्रतिको प्रतिबद्धता देखाउनुपर्छ । पुरुषले पहिले नै ठाउँ ओगटिसकेका छन् । महिलाले पुरुष भन्दा राम्रो काम गरी आफ्नो योग्यता प्रमाणित गर्न सक्नुपर्छ । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अफिसमा निर्देशक भएर काम गर्दा बिहान १५–२० मिनेट पहिले पुग्थें । हाकिम, सेक्रेटरी सबै पुरुष थिए । तिमी राजदूतकी श्रीमती भएर पनि कडा मेहनत किन ग¥या भन्थे । आफू समयमा आए अन्य कर्मचारी पनि समयमै आउँछन् । कडा मेहनतबाटै आफू योग्य छु भनेर प्रमाणित गर्नुपर्छ, आरक्षणले प्रतिस्पर्धामा लग्दैन ।

प्रसंग बदलौं, जीवन के हो ?

हरेक सुख–दुःखको अनुभव नै जीवन हो  ।

सन्तान वियोगको पीडा भोग्नुपर्दा एउटी आमालाई कस्तो महसुस भयो ?

मेरा छोरा र छोरी बिते । त्यसको अभाव मलाई सधै भइरहन्छ । हाम्रो जस्तो पीडा कुनै पनि बुवाआमाले भोग्नु नपरोस् ।

तपाईंको भविष्यको लक्ष्य के हो ?

समाजमा हृदयरोग घटाउन सबै स्कुलमा प्रयोगात्मक विधिबाट पढाउने योजना छ । त्यस्तै लैंगिक असमानताबाट उत्पन्न लैंगिक दुव्र्यवहार घटाउने शिक्षा स्कुलमा समावेश गराउने मेरो अर्को लक्ष्य हो । ध्यान गर्ने र गल्फ खेलमा सक्रिय रहनेछु ।

 Image