Successfully Copied

तीजमा सिर्जनशील महिला उद्यमी मेला

काठमाडौंमा हरितालिका तीजको अवसरमा पाँच दिने सिर्जनशील महिला उद्यमी मेला हुने भएको छ ।

काठमाडौंमा हरितालिका तीजको अवसरमा पाँच दिने सिर्जनशील महिला उद्यमी मेला हुने भएको छ । ‘महिला सिर्जनशील केन्द्र’ ले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा साउन २७देखि ३१ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो । मेलामा घरेलु तथा हस्तकला सामग्रीहरूको प्रदर्शनी, परिकार, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट र उपहारहरू राखिने आयोजकले संस्थाले बताएको छ । मेलाको उद्देश्य अशिक्षित, भेदभाव र अवसरबाट वञ्चित महिलालाई सीप सिकाएर उनीहरूको उत्पादन बजारसम्म पु¥याउनु रहेको केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । उनका अनुसार मेलामा सयभन्दा बढी स्टल रहनेछन् । असहाय एवं अशक्त दिदीबहिनीहरूलाई भने निःशुल्क स्टल प्रदान गरिने भएको छ ।

 Image