‘समाजसेवा गर्ने इच्छा छ’

पैसा कमाउन सजिलो छैन । सुरुमा घाटा हुन्छ, डराउनु पर्दैन, निराश बन्नु हुँदैन । पैसा पनि आवश्यक हुन्छ । कतिपय कुरामा गल्ती हुन्छ, गल्तीबाटै पाठ सिकिन्छ । धैर्य र साहस पनि आवश्यक हुन्छ । धेरै ठूलो ऋण लिएर व्यवसाय गर्नुभन्दा आफ्नो क्षमतानुसार अघि बढ्नुपर्छ ।

उपासना घिमिरे

भाद्र १, २०७९

भारतको उत्तराखण्डस्थित कुमाउमा ५५ वर्षअघि सीमा पन्त गोल्छाको जन्म भएको हो । अंग्रेजी विषयकी प्राध्यापक आमा र विद्युत् विभागका प्रमुख बुवाको प्रोफेसनल करियरबाट उनी सानैमा निकै प्रभावित थिइन् । सीमाले स्कूले शिक्षा देहरादूनबाट पूरा गरी दिल्ली विश्वविद्यालयबाट पोलिटिकल साइन्स तथा एडभरटाइजिङ एण्ड मार्केटिङमा ग्रयाजुएट गरिन् । त्यसलगत्तै उनले दिल्लीमा डेढ वर्ष विज्ञापन एजेन्सीमा काम गरिन् ।  

३१ वर्षअघि व्यापारी शेखर गोल्छासँग प्रेमविवाहपछि उनले नौ वर्षजति घरमै बिताइन् । किनभने त्यसताका व्यापारी एवं मारवाडी परिवारमा छोरी–बुहारीले व्यवसाय सम्हाल्ने चलनै थिएन । परिवार र सिंगो मारवाडी समुदायलाई कन्भिन्स गरी उनी घरबाहिर काममा निस्किइन् । हाल उनी ‘हिम इलेक्ट्रोनिक्स’ कम्पनीकी निर्देशक हुन् । नेपालमा उक्त कम्पनीका दुई सय शाखा छन् । घरबाहिर निस्कदा सामना गर्नुपरेको कठिनाइ र महिलाका रूपमा कम्पनी संचालन गर्दाको अनुभवलगायतका विषयमा केन्द्रित भई उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ः

तपाईंले अन्तरजातीय विवाह गर्दा के कुनै समस्याको सामना गर्नुप¥यो ? घरपरिवारमा भिज्न कत्तिको गाह्रो भयो ?

प्रेम वा मागी विवाह जे भए पनि महिलाले विवाहपछि ‘एडजस्टमेन्ट’ गर्नैपर्छ । जहाँसम्म मेरो कुरा छ, देश र संस्कृति नै फरक थियो, त्यसैले सुरुमा गाह्रो भयो । तर, बिस्तारै एडजस्ट भएँ । म भारतको जुन भू–भाग (कुमाउ) बाट आएकी हुँ, त्यो नेपालजस्तै हो । माइतीमा सानो परिवार थियो । घरमा संयुक्त परिवार, विवाहमा आएका पाहुना होलान्, विवाहको कार्यक्रमपछि जान्छन् भन्ने सोचेकी थिएँ । श्रीमान्ले घरकै सदस्य हुन् भनेर थाहा पाएँ । धेरै रीतिरिवाज थाहा थिएन, परिवारले सिकाइदिए । बिस्तारै सबै कुरा थाहा पाएँ ।  

व्यापारिक घरानाकी बुहारी घरमै बसौं जस्तो महसुस भएन ?

पहिलेदेखि नै बाहिर काम गरेकी थिएँ । एक÷दुई दिन त हिन्दी सिनेमाको जस्तो साडी–गहना पहिरेर घरमै बस्न रमाइलो लाग्यो । त्यसपछि त्यो मेरो पर्सनालिटी भन्दा बाहिरको हो भन्ने महसुस भयो ।

विवाहपछि घरबाहिर निस्कन कत्तिको गाह्रो भयो ?

मेरो विवाहको समयमा गोल्छा परिवारका कुनै पनि बुहारी बाहिर काम गर्न जाँदैनथे । मैले विवाह पहिले नै ससुरालाई आफ्नो पढाइबारे बताएकी थिएँ । बाहिर काम गर्न पाउनुपर्छ भनेकी थिएँ । विवाहपछि ९ वर्ष म घरमै बसें । यो अवधिमा सन्तान जन्मिसकेका थिए । काम गरिरहेको मान्छे घरमै खुम्चिएर बस्नुपर्दा फ्रस्टेसन पनि भयो ।

त्यसपछि सासू–ससुरालाई कन्भिन्स गरी बाहिर काममा निस्किएँ । यसो त मेरा ससुरा हुलासचन्द्र गोल्छा एकदम को–अपरेटिभ हुनुहुन्थ्यो । मैले सामसङ प्लाजामा काम गर्न थालेको २० वर्ष भयो । हाम्रो परिवारमा बाहिर काम गर्ने पहिलो बुहारी म नै थिए“ । फस्ट पर्सनलाई जहिले पनि गाह्रो हुन्छ । तर, अरुका लागि बाटो खुल्छ । पछिल्लो समयधेरै बुहारीले काम गरिरहेका छन् ।

त्यसताका परिवारभन्दा बाहिरकाले बुहारीलाई इलेक्ट्रोनिक्सको काम आउँदैन, किन पठाएको भन्नेहरूपनि थिए । तर, सफलता पाएपछि उनीहरू छक्क परे । दरबारमार्गमा २० वर्षअघि इलेक्ट्रोनिक्स पसल थिएनन्, सबै न्यूरोडमा थिए । पछिल्लो समय सामसङ प्लाजा धेरै ठाउँमा छन् । दरबारमार्गमा सामसङ प्लाजाबाटै काम सुरु गरेकी मैले महिलालाई मात्र काम दिएँ ।

सामसङ प्लाजामा महिलालाई मात्र काम दिनुको कारण के हो ?

महिलामा आर्थिक सशक्तीकरण नै वास्तविक सशक्तीकरण हो भन्ने मलाई लाग्छ । पैसा कमाएपछि महिलामा निर्णय गर्ने क्षमता अभिवृद्धि हुन्छ भन्ने लागेरै महिलालाई प्राथमिकतामा राखें । घरमा पनि महिलासँगै काम गर्ने हो भन्न पनि सजिलो भयो । अहिले पनि सामसुङ प्लाजामा शत प्रतिशत महिला नै छन् । इलेक्ट्रोनिक्स महिलाले चलाउनु एउटा उदाहरण नै हो । यो मेरा लागि गर्वको कुरा हो ।

व्यापारमा आउने महिलालाई के सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिले आँट चाहिन्छ । पैसा कमाउन सजिलो छैन । सुरुमा घाटा हुन्छ, डराउनु पर्दैन, निराश बन्नु हुँदैन । पैसा पनि आवश्यक हुन्छ । कतिपय कुरामा गल्ती हुन्छ, गल्तीबाटै पाठ सिकिन्छ । धैर्य र साहस पनि आवश्यक हुन्छ । धेरै ठूलो ऋण लिएर व्यवसाय गर्नुभन्दा आफ्नो क्षमतानुसार अघि बढ्नुपर्छ । बिस्तारै अगाडि बढे सफलता हात पर्छ । जोखिम लिन सक्ने क्षमता पनि हुनुपर्छ ।  एउटै कुरामा अडिग भएर अघि बढ्न सक्नुपर्छ ।

कामकाजी महिलालाई दोहोरो भूमिका निर्वाह गर्न कत्तिको गाह्रो छ ?

महिलाले एकैपटकमा धेरै काम गर्न सक्छन् । यो क्षमता महिलामा मात्र हुन्छ । कामकाजी महिलालाई दोहोरो भूमिका निर्वाह गर्न गाह्रो छ । बाहिर निर्देशक भए पनि घरभित्र म पनि बुहारी हुँ । बच्चाको स्कुलमा कार्यक्रम हुँदा अफिसमा पनि मिटिङ प¥यो भने अफिसको मिटिङलाई नै प्राथमिकता दिनुपथ्र्यो । त्यतिबेला ग्लानि महसुस हुन्थ्यो । घर र अफिसको काममा तालमेल मिलाउनुपर्छ ।

व्यापारबाहेक अन्य केमा रुचि छ ?

मलाई पढ्न असाध्यै रुचि छ । सोही क्रममा मैले आफ्नो ५० औं जन्मदिन लण्डनस्थित एउटा कलेजबाट  अनलाइन माध्यमबाटै एमबीए पूरा गरी मनाएकी थिएँ । मलाई इन्टेरियर र नयाँ परिकार बनाउन पनि रुचि छ ।  

सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउन सकिन्छ ?

शिक्षा र समानता हुनुप¥यो । महिलालाई ‘तिमी गर्न सक्छ्यौ’ भनेर प्रोत्साहन दिनुप¥यो । बिस्तारै परिवर्तन हुँदैछ । माथिल्लो तहमा पुगेका महिलाले अरुलाई अवसर दिन सक्नुपर्छ । घरमा होस् वा बाहिर महिलालाई निर्णय लिने क्षमता बनाइदिनुपर्छ ।

‘जोन्टा क्लब’को पनि अध्यक्ष हुनुभयो ? यहाँले त्यो समयमा के–के काम गर्नुभयो ?

म अध्यक्ष भएको समयमा लकडाउन थियो । तर पनि हामीले धेरै काम गरेका हौं । जोन्टा महिला सशक्तीकरण, बालबालिका शिक्षा तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा क्रियाशील छ । हामीले महिला हिंसाविरुद्ध जनचेतना जगाउने काम पनि ग¥यौं । लकडाउनमा महिला हिंसा धेरै भएका थिए । नेपाल पुलिस, वकिलसँग ‘टाइ अप’ गरी त्यो काम गरेका थियौं । कामकै सिलसिलामा ग्रामीण भेगमा जा“दा धेरै महिलाको आफ्नो अस्तित्व नै नभएको पाएँ । भैरहवा  र चितवनको ग्रामीण भेगमा प्रौढ शिक्षा संचालन ग¥यौं । धनुषाको गाउँमा छात्रालाई विद्यालय पुग्न सहजताका लागि ५० वटा साइकल वितरण ग¥यौं । दरबार हाइस्कुलमा शिक्षकलाई अनलाइन तालिम र ल्यापटप वितरण ग¥यौं । विद्यार्थीलाई स्मार्ट फोन दियौं । यसले स्कुलमा अनलाइन शिक्षा सुरुवात गर्न सहयोग पुग्यो । पुस्तकालय पनि खोल्यांै । महिलालाई काममा सहजताका लागि ठेला गाडासमेत वितरण ग¥यौं  । एउटी महिला आर्थिक रूपमा सशक्त भए परिवार नै सशक्त हुन्छ ।

आरक्षण दिनु ठीक हो कि होइन ?

महिलालाई वर्र्षौंदेखि पछाडि पारिएको छ । पहिले उनीहरूलाई शिक्षामा अगाडि ल्याउनुपर्छ । त्यसपछि खुल्ला गर्दिए हुन्छ । महिलालाई अगाडि ल्याउन शिक्षा नै पहिलो कडी हो । शिक्षा भएपछि आत्मविश्वास आउँछ ।

जीवनमा कसरी सफलता हासिल गर्न सकिन्छ?

सहनशील एवं धैर्य भई कामप्रति रूचि राखे जीवनमा सफलता हासिल गर्न सकिन्छ ।    

भावी योजना के छ ?

अब बिस्तारै व्यापारबाट अलग रहन्छु । मैले जीवनमा धेरै कुरा पाएँ । अब म दिन चाहन्छु । समाजसेवा गर्ने इच्छा छ । शिक्षामा पनि योगदान गर्छु ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>