Successfully Copied

‘ज्वाय मोडल हन्ट’ सम्पन्न

राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल–२०२२’ को सातौं संस्करणमा विवेक खड्का र मोनिका अधिकारीले शीर्ष उपाधि उचाल्न सफल भएका छन् । यो सँगै विवेकले ‘पर्सनालिटी’ र मोनिकाले ‘कमर्सियल मोडल’ को अवार्ड पनि जित्न सफल भए ।

राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल–२०२२’ को सातौं संस्करणमा विवेक खड्का र मोनिका अधिकारीले शीर्ष उपाधि उचाल्न सफल भएका छन् ।

यो सँगै विवेकले ‘पर्सनालिटी’ र मोनिकाले ‘कमर्सियल मोडल’ को अवार्ड पनि जित्न सफल भए । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु ‘फस्ट रनर्स अप’ तथा सुरज गोयंका ‘सेकेन्ड रनर्स अप’ का रूपमा चयन भए ।

प्रतियोगितामा ५२ जनाको सहभागिता थियो । ‘आईईसी स्कुल अफ आर्ट एण्ड फेसन’ का विद्यार्थी डिजाइनरहरूको सिर्जनामा तयार भएका फेसनका विभिन्न आकर्षक एवं मनमोहक शैलीलाई सहभागी प्रतिस्पर्धीहरूले रनवेमाथि प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठले ‘मोस्ट स्टाइलिस’ को अवार्ड जित्दा विवेक खड्गी र साइच्छा थापा ‘वेस्ट पर्सनालिटी’ तर्फ विजेता चयन भएका थिए । यसैगरी प्रतियोगितामा कर्मा टोप्गे र सारा राई ‘वेस्ट वाक’, युगल लिम्बू र एन्जल राई ‘मल्टिमिडिया’, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ ‘पब्लिक च्वाइस’, सम्राट सिंह र स्मृति श्रेष्ठ ‘मोस्ट फोटोजेनिक’ चयन भएका थिए ।

तस्बिरहरु ः महेश प्रधान

 Image