Successfully Copied

खसीको पक्कु

सामग्री : हड्डी नभएको खसीको मासु, ल्वाङ, सुकमेल, तेजपत्ता, तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिराको धूलो, नुन स्वादअनुसार, घिउ ।

लैला श्रेष्ठ

आर्किटेक्ट इन्जिनियर

सामग्री : हड्डी नभएको खसीको मासु, ल्वाङ, सुकमेल, तेजपत्ता, तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिराको धूलो, नुन स्वादअनुसार, घिउ ।

विधि : सबैभन्दा पहिले मासुलाई राम्रोसँग पखाल्ने । त्यसमा जिराको धूलो, ल्वाङ र सुकमेल, तेजपत्ताको धूलो, तोरीको तेल, अदुवा–लसुनको पेस्ट र नुन हालेर मोल्ने र दुई घण्टासम्म छोडिदिने । त्यसपछि कसौंडीमा थोरै तेल तताएर ल्वाङ, सुकमेल, तेजपत्तालाई पड्काएर मासु हाल्ने । बिस्तारै चलाउँदै सानो आँचमा पानी नहाली पकाउने । पाकेपछि माथिबाट घिउ हालिदिने । यो पक्कुलाई एक हप्तासम्म राखेर खान सकिन्छ ।

फ्रुट सलाद

सामग्री : स्याउ, केरा, अनार, दही, ल्वाङ–सुकमेलको धूलो ।

विधि : स्याउ र केरालाई साना–साना टुक्रा पारी काट्ने । अनारलाई पनि छोडाएर राख्ने । त्यसमा दही हालेर मिक्स गर्ने र माथिबाट ल्वाङ–सुकमेलको धूलो हालेर चलाउने । यो सलादले धेरै चिल्लो खानालाई पनि पचाउने काम गर्छ ।

आलु र काँक्राको अचार

सामग्री : आलु, ताजा काँक्रो, तिलको छोप, तोरीको तेल, कागती, नुन स्वादअनुसार, हरियो धनियाँ, बेसार, खुर्सानीको धूलो ।

विधि: आलुलाई उसिनेर बोक्रा छोडाउने । काँक्रालाई पनि साना–साना टुक्रा पारी काट्ने । त्यसमा छोप, नुन–खुर्सानीको धूलो (रंगका लागि) हालेर मोल्ने । प्यानमा तेल तताएर त्यसमा मेथी फुराउने, अचारमा बेसार हाल्ने र माथिबाट बेसार भएको ठाउँमा हालेर झान्ने र माथिबाट धनिया“का पात काटेर छर्कने ।

 Image