Successfully Copied

परिकार

खँरिया सामग्री ःमासको दाल, चामलको पीठो, गहँुको पीठो, लसुन र अदुवाको पेस्ट, जिरा र धनियाँको धूलो, खुर्सानीको पेस्ट, बेसार, कर्कलोको पात, आवश्यकतानुसार नुन, सनफ्लावर तेल ।

खँरिया

सामग्री ःमासको दाल, चामलको पीठो, गहँुको पीठो, लसुन र अदुवाको पेस्ट, जिरा र धनियाँको धूलो, खुर्सानीको पेस्ट, बेसार, कर्कलोको पात, आवश्यकतानुसार नुन, सनफ्लावर तेल ।

विधि ः यो परिकार विशेषगरी चाडपर्वमा पकाइन्छ । यो बनाउनका लागि आफूलाई आवश्यकतानुसार मासको दाल लिनुपर्छ । मासको दाल रातभरि भिजाउने नभए कम्तीमा ८ घण्टा भिजाउनुपर्छ । भिजेको दाललाई राम्ररी बोक्रा फालेर पखाल्ने । दाललाई सिलौटामा वा मिक्स्चरमा पिस्ने । दाललाई एकदमै मसिनो गरेर पिस्नु हँुदैन हल्का लेदो बन्ने गरी मात्र पिस्नुपर्छ । त्यसपछि चामल र गहुँको पीठो मिसाउने । जिरा र धनियाँको धूलो, अदुवा–लसुनको पेस्ट, खुर्सानीको पेस्ट, बेसार, आवश्यकतानुसार नुन हालेर सबैलाई मोल्नुपर्छ । त्यसपछि कर्कलोको पातमा बनाएको पेस्टलाई पातलो गरी दल्नुपर्छ । त्यसपछि पातलाई घुमाएर रोल गर्दै लाने । त्यो रोललाई कम्तीमा १५ देखि २० मिनेट उसिन्नुपर्छ । त्यो बनाएको रोललाई मसिनो आकारमा काटी तेलमा फ्राइ गर्नुपर्छ । हल्का रातो भएपछि यो खानलाई तयार हुन्छ ।

फुलौरी

सामग्री ः आवश्यकतानुसार बेसन, बेसार, नुन, लसुन–अदुवाको पेस्ट, जिरा–धनियाँको धूलो, थोरै काटेको प्याज वा केही काटेको साग, मसिनो गरी काटिएको हरियो धनियाँ, चामलको पीठो, तार्नका लागि तेल ।

विधि ः बेसनमा चामलको थारै पीठो र माथि दिइएका सबै सामग्री हालेर ठिक्कको घोल बनाउने । धेरै झोलिलो घोल बनाउनु हुँदैन । चामलको पीठोले फुलौरीलाई क्रिस्पी बनाउन सहयोग गर्छ । फिटेर राखेको मिश्रणलाई आधा घण्टा यत्तिकै छोडिदिने । त्यसलाई तेलमा ठिक्कको आकारमा रातो नहुन्जेल तारेपछि यो खानलाई तयार हुन्छ ।   

अन्डिक बरिया

सामग्री ः अन्डीको पीठो, आवश्यकतानुसार चिनी, तार्नका लागि तेल ।

विधि ः अन्डीको पीठोमा आवश्यकतानुसार चिनी हालेर मुछ्ने । पीठो मज्जाले मुछ्ने तर धेरैबेर मुछ्नु हुँदैैन । त्यसपछि त्यसलाई हातैले सानो–सानो आकारमा रोटी बनाउने । रोटी तेलमा तार्न थालेपछि मज्जाले फुल्छ । हल्का रातो भएपछि प्लेटमा निकाल्ने अनि यो खानलाई तयार हुन्छ ।

 Image