Successfully Copied

मञ्जुको ‘छोरीले जन्माएका आमाहरु’ बजारमा

लेखक मञ्जु थापाको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक बजारमा आएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो ।


लेखक मञ्जु थापाको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक बजारमा आएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो । यस पुस्तक नेपालबाहिर बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।


यो पुस्तक ती आमाहरू जीवनी हो, जसमा आमाहरुले भोगेका विभिन्न पक्षबारे चर्चा गरिएको छ । समग्रमा त्यो बेलामा आमाहरुले देखेको, भोगेको, बाँचेको समाजको कथा छ । बाह्र जना आमाहरुको जीवनकथा पुस्तकमा समेटिएपनि यो पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।
यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियार बताउँछन् । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’


त्यस्तै, यो पुस्तक छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र होइन नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।

 Image