Successfully Copied

कक्टेल

विधि : स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने ।

एसियन स्टार 

सामग्री :

ताजा काँक्रो : ९० ग्राम        रम : ९० मिलिलिटर 

सोडा वाटर : ५५ मिलिलिटर     जिन्जर एले : ५५ मिलिलिटर 

सुगर सिरप : १५ मिलिलिटर     ब्लु सिरप : १५ मिलिलिटर 

मिन्ट पत्ता : ६ देखि ८ वटा    क्रस्ड आइस : ५ मिलिलिटर 

विधि :

स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने ।  राम्ररी मिक्सड भइसकेपछि यसलाई कोलिन ग्लासमा हालेर सर्भ गर्ने । यसलाई क्युकम्बर स्पाइरल र मिन्ट स्प्रिंगले गार्निस गर्ने । 

 

टिप्सी कक्टेल 

सामग्री :

भोड्का : ५० मिलिलिटर     क्रस्ड आइस : १० मिलिलिटर

ब्लु सिरप : १० मिलिलिटर    सुगर सिरप : १० मिलिलिटर

क्यानबेरी जुस : ४० मिलिलिटर 

विधि :

लेयर मेथडबाट यो तयार पारिन्छ । ग्लासको तल्लो लेयरमा ब्लु सिरप राख्ने । त्यसपछिको बीचको लेयरमा ४० मिलि भोड्का, १० मिलिलिटर सुगर सिरप, १० मिलिलिटर कागतीको जुस राखेर सेक गर्ने । माथिल्लो भागलाई आकर्षक देखाउन ४० मिलिलिटर क्रयानबेरी जुस र १० मिलिलिटर भोड्काले लेयर बनाउने । हेर्दा निकै आकर्षक देखिने यो पेय पर्वका लागि निकै उपयुक्त हुन्छ । 

विनोद खड्का 

मिक्सोलोजिस्ट, ट्रिकी एण्ड टिप्सी बार टेन्डिङ एण्ड बारिस्ता एकेडेमी स्टार मल पुतलीसडक 

 

 Image